सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

६ करोडको कारोबार, ४ करोड बढी लगानी

६ करोडको कारोबार, ४ करोड बढी लगानी


  • ढोरपाटन संवाददाता
  • पुष १३ २०८१, शनिबार

बागलुङ/नव रामरेखा तरकारी उत्पादक सहकारी संस्था लि. रामरेखा बागलुङको २१ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको ज्येष्ठ सेयर सदस्य कृष्णकला उपाध्यायले गरिने ।
चालु आर्थिक वर्ष २०८०/०८१ मा ६ करोड ४८ लाख ७५ हजार २ सय ४२ रुपैयाँको कारोबार गरेको सहकारीले ४ करोडभन्दा बढी लगानी गरेको छ । सहकारीले सोही आ.व.मा ४ करोड ३ लाख ४६ हजार ८ सय ८० रुपैयाँ त लगानी गरेको छ । ४ सय ८ जना सेयर सदस्य रहेको सहकारीले सेयर पुजि १ करोड ६७ लाख ९२ हजार २ सय पुर्याएको कोषाध्यक्ष सुवास आचार्यले जानकारी दिए ।
साधारण सभाको अवसरमा उत्कृष्ट एकमुष्ठ अवधि वचततर्फ संस्कृति आचार्य, असल ऋणीतर्फ कृष्ण राज गौतम, उत्कृष्ट दैनिक अवधि वचतकर्ता लिला केसी, उत्कृष्ट चल्ती वचतकर्ता रामु शर्मा, उत्कृष्ट कार्यसम्पादन कर्मचारीतर्फ अन्जली खत्रीलाई सम्मान गरिएको छ । यस्तै, १२ कक्षामा निजी विद्यालयबाट सर्वाेत्कृष्ट अंक ल्याउने सिम्रिका शर्मा र सामुदायिक विद्यालयबाट सर्वाेत्कृष्ट अंक ल्याउने ईशा क्षेत्रीलाई पनि सम्मान गरिएको संस्थाका सचिव कृष्ण आचार्यल जानकारी दिए ।
संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षता, उपाध्यक्ष बसन्त मल्लको स्वागत र सचिव कृष्ण आचार्यको संचालनमा सम्पन्न भएको कार्यक्रममा ज्येष्ठ सेयर सदस्य कृष्णकला उपाध्याय, सहकारीकर्मी मुकुन्द प्रसाद शर्मा, सल्लाहकार दिल बहादुर केसी र कानुनी सल्लाहकारहरु ममतादेवी शर्मा, सरिता केसी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा ७५ वर्षमाथि ८ जना ज्येष्ठ नागरिक दुर्गा बहादुर आचार्य, गंगाराम उपाध्याय, अप्सरा लक्ष्मी मल्ल, गंगादेवी शर्मा, धन कुमारी शर्मा, देव कुुमारी रायमाझी, जमुना खत्री र केवि राना मगरलाई सम्मान गरिएको थियो ।
साधारण सभाले सचिव कृष्ण आचार्यले प्रस्तुत गरेको प्रगति प्रतिवेदन, कोषाध्यक्ष सुवास आचार्यले प्रस्तुत गरेको लेखा प्रतिवेदन र लेखा संयोजक कृष्ण अधिकारीले प्रस्तुत गरेको २०८१÷०८२को लेखा प्रतिवेदन पारित गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->