सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

‘पत्रकारिताले राजनीतिमा पनि सुधार ल्याउनुपर्छ’

‘पत्रकारिताले राजनीतिमा पनि सुधार ल्याउनुपर्छ’


  • ढोरपाटन संवाददाता
  • पुष १५ २०८१, सोमबार

बागलुङ/समाजमा सिर्जना भएका गलत सूचनालाई आजको पत्रकारिताले चिर्दै सत्यतथ्य पस्कनुपर्ने सरोकारवालाले बताएका छन् । नेपाल प्रेस युनियन बागलुङले आयोजना गरेको बागलुङको पत्रकारिता हिजो, आज र भोली विषयक बिमर्श कार्यक्रममा बोल्ने वक्ताले पत्रकारिताले सही सूचना सम्प्रेषणमा भूमिका खेल्नुपर्ने समेत बताए ।
हालै सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनबाट निर्वाचित जिल्लाका पदाधिकारी सदस्य, प्रदेश सदस्य, संघिय र प्रदेश परिषद सदस्य समेतको सम्मानमा सोमबार बिमर्श कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य डिल्लीराम सुवेदीले संचार क्षेत्रमा आएको बिकेन्द्रीकरणले ग्रामीण क्षेत्रका समाचार बाहिर आएको बताए । हिजोको दिनमा ग्रामीण क्षेत्रका सूचना बाहिर नआएको दृश्यबाट अहिले सहजै पहुँच बढेको बिषय सकारात्मक भएको पनि बताए ।
अनलाइनको युगले राजधानी केन्द्रीतभन्दा ग्रामीण संचार माध्यमको मान्यता र मूल्य बढाएको समेत उनले बताए । बरु अबका दिनमा औपचारिकतामा भन्दा अनुसन्धानमा जोड दिन पनि उनले आग्रह गरे । समाजमा बढेको आत्महत्याको कारण खोज्नेदेखि सुशासनमा राजनीतिलाई डोहो¥याउन पनि भूमिका खेल्नुपर्ने धारणा राखेका थिए । उनले समय चेत नुसार पत्रकारिता पनि अगाडि बढ्नुपर्ने र पत्रकारिताले राजनीति तथा समाज सुधारमा पनि भूमिका खेल्नुपर्ने धारणा राखे ।
नागरिक समाजका अगुवा काजीगाउँलेले बागलुङले इतिहासमा खेलेको भूमिकाबारे खोजी गर्ने बेला आएको बताए । हिजोको पत्रकारिताले केही खोज्यो, आजकोले झन् खोजेर भविष्यलाई बताउन सक्नुपर्ने उनको धारणा थियो ।
नेपाल प्रेस युनियनका अध्यक्ष संगम घर्तीको अध्यक्षता, सचिव डम्बर बुढाको संचालन र उपाध्यक्ष उषा पौडेलको स्वागतमा सम्पन्न कार्यक्रममा युनियनका पूर्व अध्यक्ष जगन्नाथ आचार्य, नेपाल पत्रकार महासंघका अध्यक्ष राम थापा अविरल, पूर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, प्रेस चौतारीका अध्यक्ष सिर्जना पन्त, प्रगतीशिल पत्रकार संघका सचिव विजय राना, प्रहरी उपरिक्षक ऋषिराम कंडेल, अधिवक्ता सरिता केसी, नेविसंघका अध्यक्ष विशेष पराजुली, महिला संघकी केन्द्रीय सदस्य भगवती केसी, युनियनका उपाध्यक्ष सुवास आचार्य लगायतले आफ्नो धारणा राखेका थिए ।
पत्रकार प्रकाश बरालले अवधारणा प्रस्तुत गरेका थिए भने अधिवक्ता राम शर्माले टिप्पणी गरेका थिए । उक्त अबसरमा पत्रकारिताको संस्थागत विकास, व्यवसायिक पत्रकारिताको लागि अबका दिनमा गर्नुपर्ने कामबारे छलफल भएको थियो । पत्रकारितामा आएको विकृति विसंगती लगायतलाई सुधार गर्दै आगामी दिनमा अझै विश्वसनिय बनाउनुपर्ने धारणा पनि उक्त अबसरमा जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->