सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

विपन्न नागरिकको जिविकोपार्जनमा बिवाईसीको महत्वपूर्ण योगदान : मन्त्री पाठक

विपन्न नागरिकको जिविकोपार्जनमा बिवाईसीको महत्वपूर्ण योगदान : मन्त्री पाठक


  • ढोरपाटन संवाददाता
  • पुष १५ २०८१, सोमबार

बागलुङ/विवाईसी बागलुङको ३३ औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटनपछि बोल्दै गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले विवाईसीले विपन्न नागरिकको जिविकोपार्जनमा महत्वपूर्ण योगदान पुर्याएको बताए ।
उनले विवाईसीले अन्तराष्ट्रिय साझेदारी संस्था, केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर बागलुङ जिल्लाभर विभिन्न कार्यक्रम संचालन गर्दै नागरिकको जिविकोपार्जन, स्वास्थ्य, शिक्षामा काम गरिरहेकोमा धन्यवाद ज्ञापन गरेका थिए ।
मन्त्री पाठकले विवाईसीले विकासको मेरुदण्डको रुपमा काम गरेको बताए । उनले ग्रामिण क्षेत्रका नागरिकको दैनिक जिवनसँग जोडिएर उनीहरुको जीवन परिवर्तनको लागि काम गरिरहेको बताए । ‘विवाईसीले स्वास्थ्य, शिक्षासहित जिविकोपार्जनको क्षेत्रमा काम गरिरहेको सुन्दा खुसी लाग्यो,’ पाठकले भने, ‘जिल्लाका नागरिकलाई स्वास्थ राख्नको लागि समुदायस्तरमा कार्यक्रम संचालन गर्नुका साथै स्वास्थ्य संस्थाहरुलाई सामाग्री सहयोग गरेर महत्वपूर्ण योगदान दिएकोमा धन्यवाद ज्ञापन गर्दछु ।’
कार्यक्रममा बागलुङ नगरपालिकाका निर्वतमान नगरप्रमुख जनकराज पौडेल, काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापा, विवाईसीका संस्थापक अध्यक्ष टिकाराम सापकोटा, सल्लाहकार डिल्लीराज गौतम, पूर्व अध्यक्ष अमर बहादुर थापा, काठेखोला गाउँपालिकाका वडा नं. २ भीमापोखराका वडाध्यक्ष विद्यापति शर्मा र गैरसरकारी महासंघ बागलुङका अध्यक्ष मुक्तिराम सापकोटा, स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्री, धौलागिरी अस्पताल बागलुङका सुपरीटेन्डेन्ट डा. किरण तिवारी र भिएसओ नेपालका कार्यक्रम संयोजक राजभक्त डंगोलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साधारण सभामा क्लबका सचिव विक्रम शर्माले प्रगति प्रतिवेदन र कोषाध्यक्ष राजु निउरेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम संस्थाका संस्थापक विद्यापति शर्मा र कर्मचारी विष्णु पौडेललाई सम्मान गरिएको थियो ।
यस्तै परियोजनासँग समन्वय गरेर उत्कृष्ट कार्य गरेको भन्दै ताराखोला गाउँपालिका–३ को हिल स्वास्थ्य चौकी, जैमिनी नगरपालिका–४ सर्कुवाको सर्कुवा स्वास्थ्य चौकी, काठेखोला गाउँपालिका–४ तंग्रामको मुक्तिनाथ आधारभूत विद्यालय र जैमिनी नगरपालिका–३ दमेकको शिवालय आधारभूत विद्यालयलाई सम्मान गरिएको थियो ।
विवाईसी बागलुङका अध्यक्ष तोयानाथ गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष गंगा कुमारी शर्माको स्वागत र सचिव विक्रम शर्माले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->