सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बागलुङमा ‘जनता जगाऔं, काँग्रेस बढाऔं’ अभियान

बागलुङमा ‘जनता जगाऔं, काँग्रेस बढाऔं’ अभियान


  • ढोरपाटन संवाददाता
  • पुष १७ २०८१, बुधबार

बागलुङ/४९ औं राष्ट्रिय एकता र मेलमिलाप दिवसको अवसरमा “जनता जगाऔं, काँग्रेस बढाऔं“ अभियान अन्तर्गत पालिका तथा वडामा जिम्मेवारी तोकिएका प्रतिनिधिहरुका लागि बागलुङमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । ।
नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रिय कार्यसमिति क्षेत्र नं. १ बागलुङको आयोजनामा कार्यक्रम सम्पन्न कार्यक्रममा पार्टीका विभिन्न तहका नेताहरूले पार्टीका संस्थापक नेताहरूको सम्झना गरेका छन् ।
नेपालीबीच राष्ट्रिय एकता तथा मेलमिलाप गराउन नेपाली कांग्रेसले मात्रै सक्ने भन्दै त्यसका लागि सबैको पहल आवश्यक रहेकोमा जोड दिए । लोकतान्त्रिक गणतन्त्रलाई अझ समुन्नत र सुदृढ बनाउँदै मुलुकमा आर्थिक विकास र समृद्धि हासिल गर्न अन्तर पार्टी एकता र मेलमिलापमा जोड दिइएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य चम्पादेवी खड्काले बलियो कांग्रेस बनाउन सम्पूर्ण कार्यकर्ताबीच एकता र मेलमिलाप हुनुपर्ने बताइन् । काँग्रेस काँग्रेसबीच एकता र मेलमिलाप भएमात्र राष्ट्रिय उद्देश्य पूरा हुने उनको भनाइ छ ।
कार्यक्रममा नेपाली काँग्रेसका बागलुङका सभापति जित शेरचन पूर्वपार्टी सभापति हरिप्रसाद श्रेष्ठ, नेपाली काँग्रेस बागलुङका पार्टी सचिवक सचिव हरिहर शर्मा, क्षेत्रिय उपसभापति हरि बहादुर जिसी, नेपाल विद्यार्थी संघ बागलुङका अध्यक्ष विशेष पराजुली लगाएले मन्तव्य व्यक्त गरेका थिए ।
उदघाटन कार्यक्रम क्षेत्रिय सभापति चण्डी प्रसाद शर्मा पौलेलको अध्यक्षता र सचिव जयराम भारीको संचालनमा सम्पन्न भएको थियो । “जुझारु कार्यकर्ता, उर्जाशिल नेतृत्व र गतिशिल संगठन“ भन्ने मुल नाराका साथ क्षेत्रिय समितिले क्षेत्र नं १ का ३७ वटा वार्डमा तोकेका १ सय १५ जना र ४ पालिका प्रतिनीधिलाई वडा वडामा काँग्रेसको विचार जनता सम्म पुरÞ्याउन ति प्रतिनिधि हरुलाई प्रशिक्षण दिएको हो ।
सो अवसरमा नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य डा. कृष्ण पौडेलले संगठन सुदृढीकरण, संगठन विस्तारको रणनीति, गण्डकी प्रदेश सभा सदस्य डिल्लिराम सुवेदीले काँग्रेस किन बन्ने, सामाजिक सञ्जालमा फैलने गलत अफवाका बारेमा प्रशिक्षण दिएका थिए ।
त्यस्तै क्षेत्रिय सभापति चण्डी प्रसाद शर्मा पौडेलले अभियानको मूख्य उद्देश्य ,“जनता जगाऔं, काँग्रेस बढाऔं“ अभियान ,पालिका र वडा तहमा तोकिएका प्रतिनिधि कामका बारेमा प्रशिक्षण दिएका थिए ।
नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. १ बगलुङको मिति गत मंसिर १९ गतेका बसेको बैठकको निर्णयानुसार पार्टीको क्षेत्रीय तहमा सांगठानीक गतिविधिहरुलाई प्रभावकारी बनाउन, सदस्यता वितरण र नविकरण कार्यलाई तिव्रता दिन, विधान बमोजिम मातहतका कार्यसमितिले नियमित गर्नुपर्ने बैठक सम्मेलन, प्रशिक्षण, गठन, पुर्नगठन अभिलेखहरुको व्यवस्थापन पार्टी जनप्रतिनिधि र जनता विचको समन्वय र सहजिकरण संयन्त्रलाई नियमित र व्यवस्थीत गर्ने लगाएतका सांगठानिक कार्यमा केन्द्रित पालिका र वडा तहमा तोकिएका प्रतिनिधिहरु मार्फत नेपाली काँग्रेसको विधान बमोजिम संगठन सुदृढिकरणका लागि “जनता जगाओं कांग्रेस बढाओं अभियान सञ्चालन गर्ने तयारी गरेको क्षेत्रिय सभापति चण्डी पौडेलले बताए । सो अवसरमा पालिका प्रतिनीधिलाई २० बुँदे र वडा प्रतिनीधिलाई २३ बुँदे कार्य विवरण दिइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->