सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बागलुङ नगरपालिका ८ सिगाना बालमैत्री वडा घोषणा

बागलुङ नगरपालिका ८ सिगाना बालमैत्री वडा घोषणा


  • ढोरपाटन संवाददाता
  • पुष १७ २०८१, बुधबार
बागलुङ/बागलुङ नगरपालिका वडा नम्बर ८ सिगानालाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिएको छ । पुस मसान्तसम्म बागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गर्ने अभियान स्वरुप बानपा ८ सिगानालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।
बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्दै गण्डकी प्रदेशसभा सदस्य चम्पादेवी खड्काले अबको विकास बालमैत्री बन्नुपर्नेमा जोड दिइन् । उनले नेपालको शिक्षा बालमैत्री र गुणस्तरीय हुनुको साथै स्वदेशमै रोजगारी सिर्जना गर्ने खालको हुनुपर्ने बताइन् ।
कार्यक्रममा बागलुङ नगरपालिकाका उप–प्रमुख राजु खड्काले शिक्षालाई पहिलो प्राथमिकता दिएर काम गरि रहेको बताए ।  कार्यक्रममा बानपा २ का वडा अध्यक्ष सुरज बोसेल, विद्यालय व्यवस्थापन समिति गण्डकी प्रदेश अध्यक्ष टिकाराम थापा, पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष खेमराज गौतम सुवास, सम्मानित व्यक्ति डा. धनबहादुर खड्का, शिक्षक भद्र बहादुर कार्की, वडा बाल सञ्जालका अध्यक्ष सिजन ओली लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा सिगानामा जन्मिएर डाक्टर, इन्जिनियर, कलाकार, पत्रकार, प्राध्यापक भएकाहरुलाई सम्मान पनि गरिएको थियो । बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाको प्रतिवेदन वडा अध्यक्ष छम बहादुर कार्कीले प्रस्तुत गरेका थिए ।
घोषणा पूर्व स्थानीयबासी, जनप्रतिनिधी, विद्यार्थी, शिक्षक, अभिभावक लगाएतको सहभागितमा भजन किर्तन, पञ्चेबाजा, झाँकी सहितको र्याली प्रदर्शन गरिएको थियो । कार्यक्रम वडा अध्यक्ष छम बहादुर कार्कीको अध्यक्षता, वेद बहादुर क्षत्रीको स्वागत र शिक्षासेवी गोपाल कुमार शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->