सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

भकुण्डे बन्यो बालमैत्री वडा

भकुण्डे बन्यो बालमैत्री वडा

बालबालिकामा गरेको लगानी भविष्यका लागि सम्पत्ति : पूर्वमन्त्री थापा


  • ढोरपाटन संवाददाता
  • पुष १८ २०८१, बिहिबार

तस्बिर : उमाकान्त शर्मा

बागलुङ/बागलुङ नगरपालिकाले गरेको पहिलो निर्णय स्वरुप बिहिवारबाट सबै वडा बालमैत्री घोषणा भएका छन् । बिहिवार बानपा १० भकुण्डे बालमैत्री घोषित भएको हो ।
गण्डकी प्रदेशसभाका सदस्य तथा पूर्व मन्त्री दिपेन्द्रबहादुर थापाले उक्त अभियानको उद्घाटन गरे । साथै उनले बालबालिकामा गरेको लगानी भविष्यका लागि सम्पत्ति हुने भन्दै बालमैत्री अभियानले शिक्षा, स्वास्थ्य र सामाजिक बिकासको क्षेत्र फराकिलो बन्ने बताए ।
वडा भित्रका सबै बिद्यालय, टोल तथा सार्वजनिक क्षेत्रमा बालमैत्रीका सूचकहरु पुरा भएको अनुगमन प्रतिवेदन पछि मात्र बालमैत्री घोषणा गरिएको हो । यो अभियानलाई घोषणामा मात्रै सिमित नराखी दिगो पनाकालागि पनि पहल गरिनुपर्ने उनले बताए । त्यसका लागि वडा तथा समुदाय पनि जिम्मेवार बन्नुपर्ने थापाको धारणा थियो ।
बानपा १० का अध्यक्ष तिलबहादुर थापाको अध्यक्षता, शिक्षक खगेन्द्र थापाको संचालन र कार्यपालिका सदस्य सीता छन्त्याल थापाको स्वागतमा सम्पन्न कार्यक्रममा नगर प्रमुख बसन्तकुमार श्रेष्ठले आफ्नो कार्यकालको पहिलो निर्णय कार्यान्वयनमा आउनै लागेको भन्दै यसलाई नगरको गौरवको रुपमा लिनुपर्ने बताए । यो निर्णयले टोलटोलमा सकारात्मक सन्देश गएको, आगामी दिनमा पनि बालमैत्रीका आवस्यक सूचक पुरा गर्ने वातावरण बन्ने र त्यसले बाल विवाह अन्त्य हुने, हरेक बालबालिकाले समयमा खोप पाउने तथा हरेक संरचना बालमैत्री बन्ने समेत बताए ।
कार्यक्रममा पूर्व नगरप्रमुख जनकराज पौडेल, प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेल, दलहरुको तर्फबाट एमालेका वडा अध्यक्ष बिजय थापा, भकुण्डे स्वास्थ्य चौकीका इन्चार्ज उमेश सर्बुजा, धौलागिरि युवा क्लबका अध्यक्ष बिष्णुप्रसाद शर्मा, टोल बिकास संस्थाहरुको प्रतिनिधित्व गर्दै मौषम थापा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा प्रमुख अतिथि थापाले बालमैत्री शासनयुक्त वडाको घोषणा गरेका थिए ।
कार्यक्रमका लागि वडा भरका शिक्षक, बिद्यार्थी, सामाजिक संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि समेत सहभागि थिए । बिद्यार्थीहरुले प्लेकार्ड सहितका व्यानर बोकेर बालमैत्री नारा लगाएर गाउ परिक्रमा पनि गरे । साथै उक्त अबसरमा आमा समूह, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय नागरिक समेतले गीत, संगीत र नृत्य समेत प्रस्तुत गर्दै बालमैत्री अभियान सफल पार्ने घोषणा समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->