सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

प्रगति सहकारीको कारोबार साढे ९७ करोड

प्रगति सहकारीको कारोबार साढे ९७ करोड


  • रन्जिता शर्मा
  • पुष १९ २०८१, शुक्रबार

बागलुङ/प्रगति बहुउदेश्यीय सहकारी संस्था लि. बागलुङको १८ औं वार्षिक साधारण सभा शुक्रबारदेखि काठेखोला गाउँपालिकाको भीमापोखरामा शुरु भएको छ ।
साधारण सभाको उद्घाटन गर्दै काठेखोला गाउँपालिका २ का वडा अध्यक्ष विद्यापति शर्माले सहकारीको रकम हिनामिना हुनबाट जोगाउन सेयर सदस्यहरु जागरुक हुनुपर्ने बताए । सहकारीलाई मजबुत बनाउन परिवर्तित नियम कानुनबारे सेयर सदस्यहरुलाई जानकारी दिन सहकारी शिक्षा कार्यक्रम संचालन गर्नुपर्ने शर्माको सुझाव थियो ।
सहकारीबाट ऋण लिने तर फिर्ता गर्न आनाकानी गर्ने प्रवृत्तिले सहकारीहरु थप संकटमा पर्दै गएको चर्चा गर्दै शर्माले सहकारीबाट लिएको ऋण तिर्दिन भनेर कसैले उन्मुक्ति नपाउने बताए । उदेश्य अनुरुप चलेका सहकारी कहिल्यै संकटमा नपर्ने शर्माको भनाई थियो । ‘सेयर सदस्यको हितमा सहकारी चल्ने हो गरिबी निवारणमा टेवा पुग्छ’ शर्माले थपे ।
साधारण सभामा संस्थाका सञ्चालक सदय विजयराज पन्त र सल्लाहकार डा. डिल्लीराज गौतमले शुभकामना मन्तव्य व्यक्त गर्दे सहकारीलाई मजबुत बनाउन सेयर सदस्यहरु नै बढि चनाखो हुनुपर्नेमा जोड दिएका थिए ।
सो अवसरमा उत्कृष्ट बाल बचतकर्ता राम बहादुर थापा, रविन बहादुर थापा, उत्कृष्ट बचतकर्ता सुरेश थापा, जेष्ठ नागरिक सन्तुराम उपाध्याय, कलाधर उपाध्याय, उत्कृष्ट कर्मचारी प्रतिमा किसानलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।
संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ९७ करोड ४६ लाख ५८ हजार ८ सय ४ रुपैयाँको कारोबार गरेको संस्थाका कोषाध्यक्ष लक्ष्मी प्रसाद पौडेलले जानकारी दिए । २ करोड ७६ लाख ८३ हजार ७ सय ९७ रुपैया खर्च गरेको संस्थाले १५ लाख १४ हजार ७ सय ४ रुपैयाँ खुद मुनाफा गरेको छ ।
साधारणसभामा सचिव बालकृष्ण शर्माले प्रगति प्रतिवेदन र प्रस्तावित कार्यक्रम र कोषाध्यक्ष लक्ष्मीप्रसाद पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभा भोलि बागलुङमा बजारमा विशेष कार्यक्रमसहित सम्पन्न हुने संस्थाका अध्यक्ष कृष्ण प्रसाद पौडेलले जानकारी दिए । कार्यक्रममा स्वागत सह–सचिव नारायणदत्त रेग्मीले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->