सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बागलुङकी गण्डकी थापा बनिन् उत्कृष्ठ शि लिड्स आइकन

बागलुङकी गण्डकी थापा बनिन् उत्कृष्ठ शि लिड्स आइकन


  • ढोरपाटन संवाददाता
  • पुष १९ २०८१, शुक्रबार

बागलुङ/बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी अधिकारी थापा, देशभरका महिला जनप्रतिनिधिहरुको शि लिड्स आइकन प्रतियोगिताबाट उत्कृष्ठ बनेकी छिन् ।
देशभरका महिला जनप्रतिनिधिहरुको आइकन प्रतियोगीताबाट थापासहित तीन जना छानिएका हुन् । उत्कृष्ट तीनमा रहेर आइकन घोषित हुनेहरुमा थापासहित, गौमुल गाउँपालिका बाजुराकी उपाध्यक्ष सीता थापा र सिगास गाउँपालिका बैतडीकी उपाध्यक्ष धाना धामी छन् ।
शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई सम्मान एवं प्रशंसापत्र प्रदान गरेका छन् । देशभरका १२८ जना महिला जनप्रतिनिधिहरुबाट निर्णायक मण्डलले छानेर २७ जना सर्ट लिस्टमा परेका थिए । तीमध्ये तीन जना उत्कृष्ट बनेका हुन् । आइकन घोषित हुने उपाध्यक्षद्धय थापा र धामी नेकपा एमाले र अधिकारी नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् ।
शुक्रबार काठमाडौँमा भएको ‘शी लिड्स आइकन’ कार्यक्रममा प्रधानमन्त्री ओलीले नगरपालिका र गाउँपालिकाको इज्जत धान्ने र औचित्य स्थापित गर्ने काममा महिला जनप्रतिनिधिले नै अगुवाइ गरेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->