बागलुङ/गण्डकी प्रदेशकी उपसभामुख बिना थापाले आफुले कारोबार गर्ने सहकारीप्रति सचेत रहन सेयर सदस्यलाई आग्रह गरेकी छन् । पछिल्लो समय केही सहकारी संचालककै मनोमानीका कारण संकटमा परेको चर्चा गर्दै सेयर सदस्यहरु सचेत रहँदा सहकारी प्रभावकारी र मजबुत बन्ने उपसभामुख थापाको धारणा थियो ।
शनिबार प्रगति बहुउदेश्यीय सहकारी संस्था लि. बागलुङको १८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै थापाले सहकारी उदेश्य अनुरुप चल्ने हो भने कहिल्यै संकट नआउने बताइन् । सहकारीबाट लगेको ऋणलाई सहि ठाउँमा सदुपयोग गर्न सेयर सदस्यहरुलाई आग्रह गर्दै थापाले भनिन्, ‘सहकारीले अब बचत तथा ऋणको मात्र कारोबार नगरेर बहुउदेश्यीय काममा ध्यान केन्द्रित गर्नुपर्छ ।’
सहकारीले महिलाहरुका लागि पोषण भत्ता र ज्येष्ठ नागरिकलाई सम्मान गर्दै आएको कार्यप्रति प्रशंसा गर्दे उपसभामुख थापाले सहकारीहरुले रोजगारका अवसर सिर्जना गरेर आर्थिक समृद्विका लागि योगदान दिनुपर्ने बेला आएको बताइन् । केही सहकारी संचालककै कारण संकटग्रस्त बनेको उल्लेख गरिन् । सबै सहकारीमा समस्या नरहेको बताउँदै उनले ढुक्क भएर कारोबार गर्न बचतकर्तालाई आग्रह गरिन् । सहकारीलाई दिगो बनाउन सेयर सदस्यले सबैभन्दा बढी उत्तरदायि बन्नुपर्ने उनको धारणा थियो ।

कार्यक्रममा संस्थाका लेखा तथा सुपरिवेक्षण समितिका संयोजक महादेव सापकोटा, सल्लाहकार दिपक गौतम, काठेखोला गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष लक्ष्मण पुन, सेयर सदस्य तेज प्रसाद न्युरे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साधारण सभाको अवसरमा लामो समयदेखि बालबचत गरी शेयर सदस्य प्राप्त गर्न सफल निशा आचार्य, उत्कृष्ट बाल बचतकर्ता किन्जल शर्मा, लक्ष्मी शर्मा जिसी, आयन शर्मा, कृष्ण न्युरे, कृषा न्युरे, मिना कुमारी शर्मा, उत्कृष्ट कारोबार गर्ने केदारनाथ सापकोटा, नारायण प्रसाद चापागाईं, राधा गौतम, आशिष शर्मा, निर्मला न्यौपाने, तुलसीराम गौतम, काशीराम शर्मा, संस्थागततर्फ उत्कृष्ट कारोबार गर्ने अमर आदर्श आवासिय मावि, जेष्ठ नागरिक ज्ञानी कार्की, बिजुली केसी, चन्द्रकली पुन, हितनाथ शर्मा, नेत्रराज शर्मा, आनन्द प्रसाद शर्मा र नरबहादुर श्रीसलाई सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष कृष्ण प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत उपाध्यक्ष तोयानाथ गौतम र संचालन सचिव बालकृष्ण शर्माले गरेका थिए ।






