सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

कमर्शियल सहकारीको १८ औं वार्षिक साधारणसभा

कमर्शियल सहकारीको १८ औं वार्षिक साधारणसभा


  • ढोरपाटन संवाददाता
  • पुष २१ २०८१, आइतबार

बागलुङ/गण्डकी प्रदेशकी उपसभामुख बिना थापालेसाना साना किसानको थोरै पूजि संकलन गरेर सहकारीले तिनै किसानलाई उद्यमी बनाउन लगानी गर्नुपर्ने बताएकी छिन् । कमर्शियल बहुउद्देश्यीय सहकारी संस्थाको १८ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै थापाले सहकारीलाई बदनाम हुन नदिने गरी काम गर्नुपर्ने समेत बताइन् ।
शनिवार भएको साधारणसभामा आएकी थापाले पछिल्लो समय सहकारीको सानो पूजिबाटै महिलाहरु उद्यमी बन्दै गएको कुरा सकारात्मक भएको बताइन् । साथै उनले अझैपनि सहकारीले साना व्यवसायी, किसान र मजदुरको उत्थानमा लगानी गर्न आग्रह गरिन् । साथै सहकारीको बिनियम बिपरित गैर शेयरमा भने कारोवार गर्नु घातक हुने उनको सुझाव थियो ।
सहकारीका सल्लाहकार तथा बागलुङ नगरपालिकाका पूर्व प्रमुख जनकराज पौडेलले सहकारीमा भित्रिएको विकृतिबाट माथी उठेर सिद्दान्त अनुसार काम गर्न सुझाव समेत दिए । उनले सहकारीहरुको नियमत फितलो भैरहेकोले कडाइ गर्ने तथा सहकारीले पनि आफ्नो क्षेत्राधिकार बाहिर काम नगर्ने अबस्था आउनुपर्ने बताए ।
कमर्शियल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हिरामणी उपाध्यायको अध्यक्षता, सचिव टेकबहादुर आरसीको संचालन र उपाध्यक्ष चक्रबहादुर खड्काको स्वागतमा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संघकी उपाध्यक्ष पिंगला जिसी, सल्लाहकार प्रेम सापकोटा, लेखा समितिका संयोजक बिष्णुप्रसाद सापकोटा, शेयर सदस्यहरु उमेश गौतम र आशा क्षेत्री लगायतले मन्तव्य राखेका थिए । सचिव टेकबहादुर आरसीको प्रगती प्रतिवेदन र कोषाध्यक्ष लेखनाथ पौडेलको आर्थिक प्रतिवेदन सहकारीले पारित गरेको छ ।
उक्त अबसरमा सहकारीले उत्कृष्ठ कारोवार गर्ने, धेरै रकम कारोवार गर्ने तथा सहकारीको पसलबाट धेरै कारोवार गर्नेलाई नगद पुरस्कार दिएको थियो । सहकारीले आफ्नै पसल मार्फत शेयर सदस्यकोलागि आवस्यक पर्ने खाद्यान्न लगायतको सामाग्री सुपथ मूल्यमा बिक्री समेत गर्दै आएको अध्यक्ष उपाध्यायले जानकारी दिए । सहकारीमा हाल ४ करोड ६५ लाख शेयर पूजि रहेको बताइएको छ । संस्थाले गत असार मसान्त सम्ममा ९३ करोड ५७ लाखको कारोवार गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->