बागलुङ/बागलुङ नगर पर्यटन विकास समितिको अगुवाइमा नगर पर्यटन विद्यार्थी क्लब गठन भएको छ । विद्यालय स्तरीय पर्यटन विद्यार्थी क्लब गठन सकेर समितिकै अगुवाईमा नगर स्तरीय समिति बनेको हो ।
शनिबार भएको भेलाले विद्यामन्दिर माविका दिप्सन घर्तीको अध्यक्षतामा नगर क्लब गठन भएको हो । क्लबको उपाध्यक्षमा तितौरे माविका बरदान न्युरे, सचिवमा फ्युचर ब्राइटर स्कुलका रबिन बोहोरा, सहसचिवमा मुलपानी माविकी किर्तिसा गैर र कोषाध्यक्षमा चिल्ड्रेन लाइफ बोर्डिङकी सिम्रिका काकीृ चयन भएका छन् ।
क्लबको सदस्यहरुमा कालीका कन्या माविका एरिका लामा, विश्वकर्मा माविका सुशान्त गैरे, सिद्धार्थ शिक्षा सदनका संस्कार प्रधान, सनराइज विद्यालयका लप्सन कार्की, पृथ्वी हिरण्य माविकी बिपिसा सुनार, होली चाइल्डकी सुप्रिया कार्की, कुँडुले माविकी स्नेहा सुनार, तित्याङ माविकी सुमित्रा जिसी र बौडेचौर माविकी सिजोल वली रहेका छन् ।
त्यस्तै आद्र्श विद्यामन्दिरकी रुवी श्रेष्ठ, जनता–धन माविका हिरोस पौडेल, युएस एकेडेमीका ओशन थापा, सिंगाना माविका रोशन परियार, गुराँस विद्या सदनका सुलोभ पोडेल, धविमाविका मनिष पौडेल, मालिका माविका रितेस कुँवर, भैरव माविकी कविता थापा, धवलागिरि बहिरा माविकी क्रिसा थापा, अमर आदर्शका रिजन थापा, चौतारेडाँडा माविका गिस्मा थापा र निश्चल अधिकारी तथा रुद्रे पिपल माविकी आकृति शाह चयन भएका हुन् ।
त्यस्तै पर्यटन शिक्षक समन्वय समितिको संयोजकमा तित्याङ माविका डण्डपाणी शर्मा र सिगाना मावि लामिचौरका शिक्षक भूपेन्द्र कार्की सह–संयोजक छन् । सदस्यहरुमा कुँडुलेकी सरिता गौतम, युएसका शंकर परिया र जनताधनका नारायण ढकाल चयन भएका छन् ।
बागलुङ नगर पर्यटन समितिले नगर भित्रका दर्जन पर्यटकीय स्थानको क्युआर कोडमार्फत प्रचार सामाग्री बनाइसकेको छ भने नगर पर्यटन लोगो र नारा पनि बनाएको हो । पर्यटनका सबै गतिविधिलाई जनस्तरमा लैजान यस्ता क्लब र समिति समेत बनाइएको नगर उपप्रमुख राजु खड्काले बताए ।





