सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

ढोरपाटनमा हिमपात

ढोरपाटनमा हिमपात


  • ढोरपाटन संवाददाता
  • पुष २४ २०८१, बुधबार

बागलुङ/ जिल्लाको ढोरपाटनमा यस वर्ष पहिलोपटक हिमपात भएको छ । लामो समयको खडेरीपछि मंगलबार दिउँसोदेखि वर्षासँगै यहाँ हिमपात भएको हो । हिमपातका कारण चिसो बढेको छ । हिमपातले ढोरपाटन उपत्यका सेताम्य भएको स्थानीय टार्जन थापाले बताए ।

हिमपातले स्थानीयको जनजीवन कष्टकर भएको थापाको भनाइ छ । हिउँका कारण मोबाइल नेटवर्कले काम नगरेको उनले बताए । हिउँले सडक ठप्प भएपछि ढोरपाटनबाट बुर्तिबाङ झर्ने स्थानीय तथा पर्यटक ढोरपाटनमै रोकिएका छन् ।

यस्तै सोमबार सदरमुकाम बागलुङ बजार र आसपासका क्षेत्रमा हल्का बर्षा भएको छ । कात्तिकदेखि रोकिएको वर्षा हुँदा किसान खुसी भएका छन् । हिउँदे बर्षाले हिउँदे बालीको उत्पादन बढाउने किसानहरुको विश्वास छ । खेतबारीमा लगाइएको गहुँ, फापर, आलु, तोरीलगायतका बालीलाई बर्षाले राहत हुने कृषि ज्ञान केन्द्रले जनाएको छ । पोखरा छिटफुटसहित गण्डकीका अन्य जिल्लामा पनि मंगलबार सामान्य वर्षा भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->