सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

जैमिनीको १६ औं नगरसभा, बजेट संशोधन

जैमिनीको १६ औं नगरसभा, बजेट संशोधन


  • ढोरपाटन संवाददाता
  • पुष २४ २०८१, बुधबार

बागलुङ/ जैमिनी नगरपालिकाले चालु आर्थिक बर्षको बजेटको आकार बढाएको छ । मंगलबार पालिका मुकाम कुश्मीशेरामा सम्पन्न १६ औं नगरसभाले एक करोड ४४ लाख रुपैयाँ बजेट थप गरेको हो ।

चालु आर्थिक बर्षको बिनियोजन ऐन र आर्थिक ऐन संसोधन गर्दै नगरसभाले बजेटको आकार बढाएको हो । १५ औं नगरसभाबाट पारित भएको ७२ करोड ६० हजार बजेटमा एक करोड ४४ लाख रुपैयाँ थप गर्दै बजेटको आकार ७३ करोड ४४ लाख पुगेको छ ।

संघीय तथा प्रदेश सरकारले उपलव्ध गराउने अनुदान तथा नगरको आन्तरीक आयमा समेत बृद्धि भएकाले बजेटको आकार बढेको उपप्रमुख हरिहर शर्माले बताए । नगरसभामा बिषयगत समितिका संयोजकहरुले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । हिउँदेसभालाई ऐन कानून बनाउने सभाको रुपमा लिईने गरेको भए पनि जैमिनीले यो सभाबाट कुनैपनि कानून निर्माण गरेन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->