बागलुङ/सिम्रिक कृषि तथा पशु व्यवसायीक सहकारी संस्था लिमिटेड बागलुङले स्थापना गरेको ‘कृषि पत्रकारीता पुरस्कार’ यस बर्ष ढोरपाटन दैनिकका सह–सम्पादक तारानाथ आचार्यलाई प्रदान गरिएको छ । सहकारीले आफ्नो साधारणसभाका अबसरमा बिहिबार उक्त पुरस्कार समर्पण गरेको हो । जिल्ला सहकारी संघका अध्यक्ष हुमाकुमारी जिसीले उनलाई नगद सहित दोसल्ला ओडाएर सम्मान गरिन् । सहकारीले कृषि क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई हरेक बर्ष पुरस्कृत गर्दै आएको छ । आचार्य ढोरपाटन दैनिकका सहसम्पादक हुन् ।





