बागलुङ/निलगिरी बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभाले मिन बहादुर केसी मिलनको अध्यक्षतामा नयाँ समिति निर्विरोध चयन गरेको छ । शनिवार भएको साधारणसभाले उपाध्यक्षमा चित्रबहादुर केसी, सचिवमा प्रकाश पौडेल, सहसचिवमा नारायण रिजाल र कोषाध्यक्षमा कृष्णप्रसाद शर्मा निर्विरोध चयन भएका छन् ।
सदस्यहरुमा हायश्वर सुवेदी, पार्वती पौडेल, यशोधा शर्मा, सुरज प्रधान, सावित्री केसी, बालकुमारी थापा, जिपन शर्मा र बिजय पौडेल रहेको निर्वाचन समितिका सदस्य ऋषिराम रिजालले बताए । संस्थाको लेखा समिति संयोजकमा पर्शुराम सुवेदी र सदस्यहरुमा प्राणनाथ गौतम तथा जमुना थापा चयन भएका छन् ।
साधारणसभाको उद्घाटन गर्दै पूर्व मन्त्री तथा गण्डकी प्रदेशसभाका सदस्य दिपेन्द्रबहादुर थापाले छरिएको पुजी एकीकृत गरेर सहकारीले शेयर सदस्यको आर्थिक बिकासमा लगानी गर्नुपर्ने बताए । उनले मध्यमबर्गिय नागरिकलाई उद्यमशिल, स्वरोजगार र आत्मनिर्भर बनाउनु पनि भूमिका खेल्नुपर्ने धारणा राखे ।
कार्यक्रममा संस्थाका सल्लाहकार ज्ञानेन्द्र गौतम, नेफ्स्कुनका पुर्व संचालन चण्डीप्रसाद शर्मा, कानूनी सल्लाहकार बरिष्ठ अधिवक्ता भूमिश्वर गौतम, जिल्ला सहकारी संघका सचिव तेजप्रसाद शर्मा, शेयर सदस्य सुरेन्द्र पौडेल लगायतले बोलेका थिए । कार्यक्रममा सचिव मीनबहादुर केसीले प्रगती र कोषाध्यक्ष कृष्णप्रसाद शर्माले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।





