सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

काठेखोलाको नीति : जलचर जोगाउन समुदायकै सहभागिता

काठेखोलाको नीति : जलचर जोगाउन समुदायकै सहभागिता


  • ढोरपाटन संवाददाता
  • माघ १ २०८१, मंगलबार

बागलुङ/जिल्लाको काठेखोला गाउँपालिकाले समुदायकै सक्रियतामा जलचर संरक्षण गर्ने तयारी थालेको छ । समुदायको सक्रियता र सहभागिता बिना कानून र कारवाहीले मात्रै जैबिक बिबिधता र जलचरको संरक्षण नहुने भएकाले संरक्षणमा समुदायको सहभागिता हुनेगरी कानून बनेको हो ।
गाउँपालिकाले १६ औं गाउँसभाबाट पारित गरेको ‘जलचर एवं जलीय जैविक बिबिधता संरक्षण ऐन’ले संरक्षणका लागि समुदायको सहभागिता हुने व्यवस्था गरेको हो । अवैधानिक रुपमा जलचरको उपयोगले जलचर लोप हुने खतरा बढेपछि गाउँपालिकाले जलचरको संरक्षण र उपयोग गर्ने कानून बनाएको हो । ऐन बनेसँगै गाउँपालिका भित्रका खोलानालामा रहेका जलचर तथा जलीय जैबिक बिबिधताको संरक्षणका लागि कार्यबिधि बन्ने गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापाले बताए ।
उक्त नीति अनुसार विपन्न र बेरोजगार तथा परम्परागत रुपमा पेशा अङ्गालेका नागरिकलाई मात्र जलचरको उपयोग गर्न दिईने छ । माछा, गंगटा लगायतका जलचरहरुको प्रजननका समय र संकटको समयमा उपभोगमा रोक लगाउने बिषय नीतिमा उल्लेख छ ।
‘कानूनको कसी र कारवाहीले मात्रै संरक्षण सम्भव छैन्, त्यसैले हामिले खोला छेउका बस्तिहरुको सकृयता र सहभागिता हुनेगरी समुह मार्फत संरक्षणको नीति ल्याएका छौं,’ उपाध्यक्ष थापाले भने, ‘किन जोगाउने, नजोगाउँदा समुदायलाई कस्तो असर पर्छ भन्ने बुझाउनका लागि पनि उनिहरुकै सहभागिता आवश्य छ ।’
गाउँसभाले काठेखोला गाउँपालिकाका कर्मचारीहरुको व्यवस्थापन गर्न बनेको बिद्येयक सर्वसम्मत पारित गरेको छ । कर्मचारीको व्यवस्थापन, बृत्तिबिकासमा सहयोग पुर्याउन र काम गर्ने मनोवल बिकास गर्नेगरी ऐन बनेको हो । गाउँसभाले बिद्यालय व्यवस्थापक कार्यक्रम कार्यबिधि पनि पारित गरेको छ । सोमबार सम्पन्न गाउँसभामा अध्यक्ष राजु थापाले अर्धबार्षिक प्रगति पेश गरेका थिए ।
बिबिध क्षेत्रका १२ जनालाई सम्मान
गाउँपालिका भित्र बिभिन्न क्षेत्रमा बिशिष्ट योगदान गर्ने व्यक्ति तथा संस्थाहरुलाई काठेखोला गाउँपालिकाले १६ औं गाउँसभामा सम्मान गरेको छ । गाउँपालिकाको गरिमा बढ्नेगरी योगदान गरेको भन्दै शिक्षा, कृषि, उद्योग, सञ्चार लगायतका क्षेत्रका व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरेको हो ।
गाउँपालिकाले एसइइ र कक्षा १२ को परीक्षामा सतप्रतिशत नतिजा ल्याएको भन्दै धारा माध्यामिक विद्यालय र राष्ट्रपति रनिङ शिल्ड जितेको अमर माध्यामिक बिद्यालयलाई सम्मान गरेको छ । साना उद्योग मार्फत रोजगारी सिर्जना गरेको भन्दै फर्निचर व्यवसायी पूर्ण बहादुर थापा सम्मानित भएका छन् । कृषितर्फ अलैची उत्पादक किसान भीम बहादुर जोल्मी, फलफुल उत्पादक किसान गोरी थापा, पशुपालक किसान लाल बहादुर घर्ती, सुन्तला उत्पादक किसान लोकनाथ कँडेल, रैथाने बाली उत्पादक किसान लिलाधर कँडेल, र चिया उत्पादक किसान याम बहादुर कार्कीलाई सम्मान गरिएको छ ।
त्यस्तै उद्योगतर्फ पशुपति कपी उद्योगका सञ्चालक राजु सापकोटा र सञ्चारतर्फ गुहेली सञ्चार सहकारीका अध्यक्ष खिम बहादुर कार्कीलाई सम्मान गरिएको छ । कार्की अध्यक्ष रहेको सहकारीले काठेखोलानै कार्यक्षेत्र बनाएर जननिगरानी साप्ताहिक पत्रिका प्रकाशन गर्दै आएको छ भने पत्रिकाले गाउँपालिकाका गतिबिधि नियमित प्रकाश गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->