सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

अनुत्पादक क्षेत्रलाई सदुपयोग गरौं : मन्त्री अधिकारी

अनुत्पादक क्षेत्रलाई सदुपयोग गरौं : मन्त्री अधिकारी

मन्त्री रामनाथ अधिकारीलाई काउली उपहार


  • ढोरपाटन संवाददाता
  • माघ २ २०८१, बुधबार

बागलुङ/नेपाल सरकारका कृषि तथा पशुपंछी मन्त्री रामनाथ अधिकारीले मुलुकमा आर्थिक संकुचन भएपनि किसानको उत्पादन र बजार बढाउने काममा लगानी गर्ने बताएका छन् । उनले कृषि अर्थतन्त्र बलियो बनाएमा राज्य बलियो हुने समेत बताए ।
जैमिनीमा आयोजित माघेसक्रान्ति मेला उद्घाटनमा आएका मन्त्री अधिकारीले आर्थिक संकुचनले सरकारले सोचे अनुसार काम गर्न नसकेको समेत बताए । उनले हरेक क्षेत्रमा आर्थिक संकट छाएको हुँदा जनताले चाहे अनुसारको विकास निर्माण गर्न नसकिएको भन्दै किसानको उत्पादन बढाउने, पकेट र जोन क्षेत्र बिस्तार, कृषि एम्बुलेन्स संचालन जस्ता काममा भने राज्य सकारात्मक हुने बताए ।
कृषिका अलपत्र रहेका संरचनाहरु स्थानीय तह मार्फत सदुपयोग गरेर उत्पादन बढाउने, हाटबजार संचालन गर्ने लगायतका काममा लगाउन पनि आग्रह गरे । ‘तपाइहरुले प्रस्ताव ल्याउनु होस्, हामी निर्णय गराउँछौं’ अधिकारीले भने, ‘जग्गा बाँझो राख्ने, पुराना संरचना जीर्ण बनाएर हामी धनी बन्दैनौं ।’ उनले राज्यको सम्पत्ति देखि नागरिकको जग्गा उपयोग हुने नीति ल्याउने बताए । जैमिनीमा बिद्यमान बाँदरको समस्या समाधानमा पनि सरकारले काम गरिरहेको भन्दै केही दिनमै नयाँ निर्णय सुन्न पाइने बताए । त्यसकालागि जापान सरकार, नेपाल सरकार र नास्टले केही दिनमै नयाँ उपाया निकाल्ने गरी गृहकार्य भएको समेत बताए ।
मेलामा स्थानीय किसानले फलाएका दर्जनौं कृषि फसल ल्याएर प्रद्र्दशनी गरेका छन् । स्थानीय सहारा युवा क्लबले आयोजना गरेको मेलामा नगरपालिकाको कृषि शाखाले फसलको रेकर्ड राखेर पुरस्कार समेत दिने व्यवस्थापन गरेको छ । त्यस बाहेक स्थानीय सालैज्यो, बिना सालैज्यो र झ्याउरे लगायतका गीत संगीतको संरक्षणमा पनि नगरपालिका र क्लबले काम गरेको अध्यक्ष सुरेश सुनारले बताए ।
कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य डिल्लीराम सुवेदी, लीला थापा, जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदी लगायतले मेलाको शुभकामना दिएका थिए । उनीहरुले पछिल्लो समय भौतिक बिकास बाहेक कृषिलाई आधुनिकीकरण गर्नुपर्ने बताए । तर त्यसकालागि स्तरीय सडककालागिपनि राज्यको चासो बढाउनु पर्ने आवस्यकता औल्याएका थिए ।
उक्त अबसरमा मन्त्री अधिकारीलाई ९ केजीको काउली उपहार पनि दिइयो । नगरपालिकाका उपप्रमुख हरिहर शर्माले नगरपालिका र किसानको तर्फबाट मन्त्रीलाई मायाको चिनो दिएको बताए । ‘हामी कृषि उत्पादनमा आत्मनिर्भर बन्ने र कृषि अर्थतन्त्र नै बलियो बनाउन खोज्दैछौं’ शर्माले भने, ‘मन्त्री सँग पनि हामीले अरु भौतिक बिकास मागेका छैनौं, उत्पादन, बजारीकरण र किसानलाई अनुदान लगायतका माग पठायौं ।’ परंपरागत माघे सक्रान्ति मेलामा स्थानीय कृषि उपजको प्रर्दशनी गरिएको छ । तीन दिन देखि मेला चलिरहेको छ ।
त्यस अघि मंगलवार बिहान बागलुङ नगरपालिकाले मन्त्रीको स्वागत गरेको थियो । उक्त अबसरमा पनि मन्त्री अधिकारीले अनुपात्दक रुपमा रहेका क्षेत्रहरुलाई स्थानीय सरकारले सदुपयोग गरी उत्पादनमुखी कार्यमा लगाउन आग्रह समेत गरेका थिए । नगरप्रमुख बसन्तकुमरा श्रेष्ठले मन्त्री अधिकारीलाई ३ बुँधे मागपत्र पनि बुझाएका थिए । माग पत्रमाथि सम्बोधन गर्दै मन्त्री अधिकारीले हाल नगरपालिका रहेको ३ रोपनी जग्गालाई नगरपालिकाकै स्वामित्वमा ल्याउनका कृषि मन्त्रालयले गत भदौमा निर्णय गरेको बताए । उक्त फाईल मन्त्रीपरिषदमा पठाउने समेत जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->