सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

सडकको धुलोले जनतालाई सास्ती

सडकको धुलोले जनतालाई सास्ती


  • ढोरपाटन संवाददाता
  • माघ ५ २०८१, शनिबार
?

बागलुङ/सडक निर्माणको क्रममा उडेको धुलोले बागलुङ नगरपालिका वडा नंं ७ को बिश्वकर्मा माध्यामिब बिद्यालय पढ्न आइपुग्दा बिद्यार्थी धुलाम्मे बन्छन् । बिद्यालयको बरन्डा र खेल मैदानमा बस्दा पनि धुलोले सताउँछ । क्यान्टिनमा शुद्द पानी र खाजाको समेत प्रबन्ध गर्न गाह्रो भएको शिक्षकहरु बताउँछन् ।
गत असोज देखिनै धुलोले बिद्यालय प्रभावित बनेको हो । त्यतिमात्र हैन, नजिकैको कालीमाटी स्वास्थ्य चौकीमा समेत यसको असर परेको छ । निर्माणाधिन मुलपानी, कालीमाटी हुँदै तितौरे जाने सडकको धुलोले बिद्यालय र स्वास्थ्य चौकीमा असर परेको हो । स्वास्थ्य चौकीमा नियमित गर्भ परीक्षण गर्न आउने महिला देखि बालबालिकामा धुलोको असर परेको स्वास्थ्य चौकीका निमित्त प्रमुख लक्ष्मण कार्कीले बताए । स्वास्थ्य चौकीभित्रै त थोरै असर छ, तर सेवाग्राही त्यही बाटो हिडेर आउँदा अस्तव्यस्त भएका छन्’ कार्कीले भने, ‘धुलोको व्यवस्थापन नभए त धेरै बालबालिका र महिला बिरामी पर्छन् ।’ धुलोको असर पछि देखिने कार्कीको भनाइ छ ।
बिद्यालय र स्वास्थ्य चौकी मात्र हैन वडा कार्यालयमा पनि यो सास्ती छ । दैनिक सेवा प्रवाहमा आउनेहरुले पनि धुलोले हैरानी खेपेका छन् । यो सडक खण्ड निर्माण गर्ने कंपनीका गाडि, एककाभेटर, डोजर र ट्रिपर जथाभावी गुडाउँदा उड्ने धुलोले स्थानीय बासिन्दा समेत आजित भएका हुन् । करोडौं लागतमा निर्माणाधिन सडक आयोजनाले सडकमा पानी नहाल्दा धुलोले गाउँनै सेताम्मे भएको छ । बिहान देखि राती सम्म धुलो उडाउँने गरी ठेकेदारका गाडिहरु गुड्ने गर्छन् । साथै माटो थुपार्ने स्थाल, गिटी कुट्ने लगायतको साइटमा पनि उत्तिकै धुलो छ ।
धुलोले स्थानीय किसानले पनि दुःख पाएका छन् । बारीमा लगाएको सागपात समेत खानै नसकिने अबस्थाको भएको छ । बजारमा बिक्री गर्नेले पनि धुलोको मार परेको गुनासो गर्छन् । ‘बिद्यालय, स्वास्थ्य चौकी र वडा कार्यालय पुग्दा धुलोले बिरामी परेको स्थानीय हर्कमान बिकले भने, ‘धुलोले डाले घाँस र भुई घाँस पनि माटैमाटो बनेकोले गाईभैसीले घाँस खाएका छैनन् ।’ घाँस अभावले गाईभैसीको दूध घटेको उनले गुनासो गरे ।
आगामी असार मसान्त भित्र सक्ने गरी यो सडक निर्माणाधिन छ । सडक छेवैमा रहेको विश्वकर्मा माबिका दुइसय ५० बिद्यार्थी धुलाम्मे हुने गरेका छन् भने बाल बिकास केन्द्रमा आउने ५ बर्ष मुनीका बालबालिका समेत धुलोको चपेटामा छन् । स्थानीय रेष्टुरेन्ट व्यवसायी त झनै पिडामा परेको गुनासो गर्छन् । ठेकेदारले धुलो व्यवस्थापनको काम नगरेकोले जनताले सास्ती खेपेको वडा अध्यक्ष मेघनाथ गैरेले बताए । वडा कार्यालयमा आयोजित सार्वजनिक सुनुवाईको क्रममा समेत स्थानीयले धुलोको सास्ती खेपेको गुनासो गरेका थिए । पटक पटक आग्रह गर्दापनि धुलो व्यवस्थापनमा चासो नराखेको गैरेको गुनासो छ । बागलुङ नगरपालिकाले सहरी शासकीय तथा पूर्वाधार बिकास कार्यक्रम मार्फत आगामी असार मसान्त भित्र सक्ने गरी वडा नंं ७ को मुलपानी देखि तितौरे सम्मको साँढे ८ किमी, ओडारचौर देखि ढोडेनी सम्मको साँढे २ किमी र गणेशघुम्ती देखि निरयघाटको डेढ किमी सडक निर्मण गरिरहेको छ । विश्व बैंकको अनुदान सहयोगमा बागलुङ नगरपालिकाले ४५ करोडमा उक्त सडक निर्माण गरिरहेको हो । आशिष फेवा संयुक्त निर्माण कंपनीले सडक निर्माणको काम गरिरहेको छ ।
धुलोको समस्या बारे भने ठेकेदार कंपनीका इन्जिनियर मनोज शर्माले तत्काल पानी हाल्ने व्यवस्था नभएको सुनाए । सम्झौतामा पानी हाल्ने उल्लेख नभएको भन्दै ठेकेदार पक्ष उम्कने गरेको हो । पानी हाल्नै पर्ने भए योजनाको भिओ गराउनु पर्ने ठेकेदारको माग छ । वडा अध्यक्ष गैरेले भने आम नागरिकको स्वास्थ्यमा खेलवाड गर्ने काम लापरबाही भएको बताए । त्यसकालागि जिम्मेवार बनाउन नगरपालिकाले ठेकेदारकंपनीसँग छलफल चलाएको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->