सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

गलकोटमा राष्ट्रिय जनमोर्चा बागलुङको सभा

गलकोटमा राष्ट्रिय जनमोर्चा बागलुङको सभा


  • ढोरपाटन संवाददाता
  • माघ ५ २०८१, शनिबार

बागलुङ/राष्ट्रिय जनमोर्चा बागलुङले ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं ! संघीयता खारेजीका लागि काठमाडौ केन्द्रित आन्दोलनसफल पारौँ’ भन्ने उदघोषसहित शनिबार गलकोटको हटिया बजारमा सभा सम्पन्न गरेको छ ।
सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्र बहादुर केसीले नेपाली जनताले धान्न नसक्ने संघीयताले मुलुक अस्त ब्यस्त भएको, व्यापार घाटा २५ खर्बभन्दा बढेर गएकोले असफल मुलुक बन्ने खतरा रहेको बताए । सरकार चलाउन गा¥हो भएको बेला ८/८ वटा सरकार चलाउन नसक्ने बताउँदै विदेशीले बोकाईदिएको संघीयताको भारी अब मुलुकले धान्न नसक्ने भएकोले संघीयता खारेजीको बिकल्प नरहेको केसीले बताए ।
युवाहरु विदेश पलायन भएको प्रसंगमा बोल्दै अध्यक्ष केसीले भने, ‘राज्यले आशा जगाउन नसक्नु, शिक्षा र स्वास्थ्य जस्तो नागरिकको सरोकारका विषय नीजीकरण गर्नु, कलकारखाना कौडीको भाउमा निजीकरण गर्दा युवा रोजगारीबाट बञ्चित हुनुपरेको छ ।’ संघीयता खारेजीको लागि काठमाडौं केन्द्रीत आन्दोलनलाई सफल पार्न आव्हान गरे ।
सभामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य बेदीलाल सापकोटा, बागलुङका अध्यक्ष तिलक थापा, अखिल नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मी बास्कोटा, अखिल नेपाल बुद्धिजीवी संघका काजीगाँउले श्रेष्ठले सम्बोधन गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार अमर थापा, केन्द्रीय सदस्य गौरीश्वर पाण्डेले बोलको थिए । कार्यक्रम राष्ट्रिय जनमोर्चा गलकोट नगर अध्यक्ष टंक केसीको अध्यक्षता, जिल्ला सचिव भिमलाल पोखरेलको सञ्चालन र जिल्ला सदस्य तथा नगर सचिव पदम श्रेष्ठको स्वागत मन्तव्यमा सम्पन्न भएको थियोे । कार्यक्रममा रक्तिम साँस्कृतिक परिवारका कलाकारको प्रस्तुती रहेको थियोे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->