सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

निजामती कर्मचारी युनियन बागलुङको अध्यक्षमा घिमिरे

निजामती कर्मचारी युनियन बागलुङको अध्यक्षमा घिमिरे


  • ढोरपाटन संवाददाता
  • माघ ५ २०८१, शनिबार

बागलुङ/नेपाल निजामती कर्मचारी युनियनको नवौं जिल्ला अधिवेसनले देवप्रकाश घिमिरेको अध्यक्षतामा नयाँ समिति निर्विरोध निर्वाचित गरेको छ । शनिवार भएको अधिवेसनमा घिमिरे नेतृत्वमा उपाध्यक्षमा खुला तर्फ बिनाराम डाँगी, समावेशी उपाध्यक्षमा बुद्दिराम गुरुङ र महिला उपाध्यक्षमा मञ्जु कार्की निर्वाचित भएका हुन् ।
त्यस्तै सचिवमा सुजन श्रेष्ठ, सहसचिव युवामा दिपेन्द्र केसी र कोषाध्यक्षमा पुरुषोत्तम गौतम, सदस्यहरुमा मनोज भुषाल, सुर्दशन कुसारी, घनश्याम ज्ञवाली, हरिकृष्ण शर्मा, बलराम अधिकारी र हरि पौडेल निर्वाचित भएको निर्वाचन समितिका संयोजक खेमप्रसाद आचार्यले बताए । त्यस्तै अन्य सदस्यहरुमा गीता रिजाल शर्मा, प्रेमकुमारी केसी, छत्रमणी लाल कर्ण, पृथ्वीबहादुर थापा, शिव बहादुर बस्नेत र रमाकान्त पौडेल निर्वाचित भए ।
अधिवेसनले प्रदेश महाधिवेसन प्रतिनिधिका लागि मोहनकुमार केसी, प्रकाश सुवेदी, जोग बहादुर घर्ती, लक्ष्मण पौडेल, माधवी शर्मा र नारायण पौडेललाई चयन गरेको छ । त्यस्तै केन्द्रीय महाधिवेसन प्रतिनिधिको रुपमा देव शर्मा आचार्य, टेकनारायण सुवेदी, दुर्गाप्रसाद शमा, आनन्द प्रसाद शर्मा, गीता सापकोटा र अम्बिका सापकोटा निर्विरोध चयन भए ।
कार्यक्रमको उद्घाटन गर्दै कांग्रेस केन्द्रीय सदस्य चम्पादेवी खड्काले कर्मचारीले राम्रो काम गर्दा लोकतन्त्र संस्थागत हुने बताइन् । उनले राजनीतिक दलले लोकतन्त्र, गणतन्त्र वा अन्य जे सुकै व्यवस्था ल्याएपनि कर्मचारीले कार्यान्वयन गर्ने भएकोले दक्ष र पेशागत रुपमा सक्रिय कर्मचारी चाहिएको बताइन् ।
कार्यक्रममा निजामती कर्मचारी युनियनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष उत्तमकुमार कटुवालले कर्मचारी ऐन नआएर कर्मचारीहरुले समस्या भोगेको बताए । साथै उनले तत्काल ऐन ल्याउन सरकारको ध्यानकर्षण समेत गरे । कर्मचारी ऐन अभावमा सरुवा, बढुवा तथा अन्य सेवा सुविधामा असर परेको उनको भनाइ थियो ।
कार्यक्रममा गण्डकी प्रदेशसभाकी सदस्य दिलमाया पौवी, डिल्लीराम सुवेदी, बागलुङ नगरपालिकाका प्रमुख तथा कांग्रेस गण्डकी प्रदेशका कोषाध्यक्ष बसन्तकुमार श्रेष्ठ, बडिगाड गाउँपालकाकी अध्यक्ष तथा कांग्रेस सचिव गण्डकी थापा अधिकारी, जैमिनी नगरपालिकाका उपप्रमुख तथा कांग्रेस सचिव हरिहर शर्मा, महाधिवेसन प्रतिनिधि भीम श्रीष, नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय महासचिव जनक रावल, उपमहासचिव गणेश भण्डारी र इन्दु शर्मा, सचिव जगत पाठक, प्रकाश भट्टराइ, कुलप्रसाद भट्टराइ, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी, आधिकारिक ट्रेड युनियन बागलुङका उपाध्यक्ष दुर्गाप्रसाद शर्मा, निर्वाचन अधिकृत खेमप्रसाद आचार्य, गण्डकी प्रदेशका अध्यक्ष दिपक रेग्मी, कर्णली प्रदेशका पूवृ अध्यक्ष दिलीपजंग शाही, गण्डकी प्रदेशका पूर्व अध्यक्ष शिव शर्मा अधिकारी, नेपाल निजामती कर्मचारी संगठनका सचिव मनोज कार्की, नेपाल प्रेस युनियनका सचिव डम्बर बुढा मगर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
नेपाल निजामती कर्मचारी युनियन, बागलुङका अध्यक्ष देव शर्मा आचार्यको अध्यक्षता, सचिव नारायण पौडेलको संचालन र उपाध्यक्ष जोकबहादुर घर्तीको स्वागतमा सम्पन्न भएको थियो । कार्यक्रममा उत्कृष्ठ कर्मचारी र विभिन्न संगठन छाडेर आएकालाई सम्मान र स्वागत गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->