सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

सशष्त्र प्रहरीद्वारा शालीग्राम संग्राहलयमा सहयोग

सशष्त्र प्रहरीद्वारा शालीग्राम संग्राहलयमा सहयोग


  • ढोरपाटन संवाददाता
  • माघ ६ २०८१, आइतबार

बागलुङ/सशष्त्र प्रहरी बलको २४ औं स्थापना दिवशको अवसरमा बागलुङस्थित ‘आश्रित गुल्म’ले कुँडुलेस्थित शालीग्राम संग्राहलयमा फर्निचर सहयोग गरेको छ ।
आइतबार आयोजित कार्यक्रममा सशष्त्र प्रहरी उपरिक्षक दिलबहदुर रायमाझी र प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले शालीग्राम संग्राहलय व्यवस्थापन समितिका उपाध्यक्ष हरिप्रसाद उपाध्यायलाई आराम गर्ने बेञ्च हस्तान्तरण गरे । सशष्त्रले क्वीक इम्प्याक्ट प्रोजेक्ट ‘शिघ्र प्रभाव परियोजना’अन्र्तगत उक्त सामाग्री हस्तान्तरण गरेको हो । गुल्मले ती बेञ्च निर्माणमा ४२ हजार रुपैयाँ खर्च गरेको जनाइएको छ ।
सामाग्री हस्तान्तरण कार्यक्रममा प्रजिअ सुवेदीले बिपत न्युनिकरण र रोकथाममा सशष्त्र प्रहरी बलले खेलेको भूमिका अतुलनीय रहेको बताए । उनले हिउँद लाग्दा आगोलागी, बर्षातमा बाढी पहिरोमा सबैभन्दा बढी फिल्डमा खटेर नागरिकको सुरक्षामा भूमीका खेलेको सशष्त्र प्रहरीले शिघ्र प्रभाव परियोजनामार्फत पनि समाजमा सहयोग गरेकोमा बलको प्रशंसा समेत गरे ।
कार्यक्रममा सशष्त्र प्रहरी नायव उपरिक्षक दिलबहादुर रायमाझीले समाजमा सानो उपस्थिति मात्र गरेको बताए । उनले पहिलो जिम्मा बिपत व्यस्थापन, नागरिक सुरक्षा र भिआइपी सुरक्षा भएपनि समाज विकास, सामाजिक सेवा जस्ता काममा पनि सहभागिता जनाएको बताए ।
उक्त अवसरमा बागलुङ नगरपालिका वडा नं. ४ का अध्यक्ष कुमार बिक्रम क्षेत्री, आश्रमका उपाध्यक्ष हरिप्रसाद शर्मा र अन्तरपार्टी महिला संजालकी अध्यक्ष सीता सापकोटा कँडेलले गुल्मको सहयोगको प्रशंसा गरे ।
कार्यक्रम सशष्त्र प्रहरी बल आश्रित गुल्मका प्रहरी नायव निरीक्षक कृष्णप्रसाद शर्मा पौडेलको संचालनमा सम्पन्न भएको थियो । सशष्त्र प्रहरी बलले सामाजिक सेवाको रुपमा म्याग्दीको गलेश्वरमा यसअघि विश्राम कक्ष निर्माणमा सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->