बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘सार्वजनिक निकायले मागेको बेला सूचना दिनुपर्छ’

‘सार्वजनिक निकायले मागेको बेला सूचना दिनुपर्छ’


  • ढोरपाटन संवाददाता
  • माघ ७ २०८१, सोमबार

म्याग्दी/ म्याग्दीका स्थानीय तह तथा सरकारी कार्यालयका सूचना अधिकारीले सूचना प्रवाहलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले नेपाल पत्रकार महासंघ म्याग्दी शाखासँगको समन्वयमा आइतबार जिल्ला समन्वय समिति म्याग्दीमा आयोजित कार्यक्रममा कार्यालय प्रमुख र सूचना अधिकारीले ‘सूचनाको हक’ प्रयोग गरी सूचना माग्दा सहज उपलब्ध गराउनु्पर्ने बताइएको हो ।

प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले कार्यालयमा तोकिएको सूचना अधिकारीले कार्यालय प्रमुखसँग समन्वय गरी लिखितरुपमा सूचना मागेकालाई सूचना दिदाँ पारदर्शीता देखिने बताए । ‘सूचना अधिकारीसँग सबै सूचना हुनुपर्छ, आफूसँग कार्यालयको सूचना नहुने भन्दै तर्किन पाइदैन’ प्रजिअ ढकालले भने ।  सूचनाको हकको कार्यान्वयनको विषयमा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा सूचना अधिकारी र पत्रकारहरु बीचको समन्वयलाई प्रभावकारी बनाउनुपर्ने प्रजिअ ढकालको भनाई छ । छलफलमा कार्यालय प्रमुखहरूले केही कर्मचारीलाई कार्यालयमा दोहोरो जिम्मेवारीले गर्दा सूचनासम्बन्धी ध्यान नपुगेको हुनसक्ने भएपनि सूचना सहज उपलब्ध गराउन कुनै समस्या नभएको बताएका थिए ।

नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले सूचनाको हक सार्वजनिक निकायले चाहेका बेला दिने ऐच्छिक विषय नभई नागरिकले मागेका बेला दिनैपर्ने दायित्व भएको बताए । उनले सूचना माग्ने पत्रकारको अधिकार भएकाले दुख दिन सूचना माग्ने र सहज मागेको सूचना समेत दिन आनकानी गर्नु गलत भएको बताए । कार्यक्रममा प्रमुख कोष नियन्त्रक किरणचन्द्र सुवेदी, खानेपानी, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयका प्रमुख झलकमोहन ओझा, पत्रकार महासंघका संस्थापक अध्यक्ष घनश्याम खड्का, निर्वतमान सचिव सन्तोष गौतमले बोलेका थिए । प्रमुख जिल्ला अधिकारी ढकालको अध्यक्षतामा सम्पन्न भएको बैठकमा सहायक प्रजिअ अनिशा आचार्य, प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठ, राष्ट्रिय अनुसन्धान प्रमुख सविन श्रेष्ठ लगायत जिल्लाका सरकारी तथा स्थानीय तहका प्रतिनिधिको उपस्थिती रहेको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->