बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

उपकार बचतको वार्षिकोत्सवमा ज्येष्ठ नागरिकलाई सहयोग

उपकार बचतको वार्षिकोत्सवमा ज्येष्ठ नागरिकलाई सहयोग


  • ढोरपाटन संवाददाता
  • माघ ७ २०८१, सोमबार

पोखरा/ पोखरा महानगर पालिका वडा नं– ६ स्थित उपकार बचत तथा ऋण सहकारी संस्थाले १६ औं वार्षिकोत्सव ज्येष्ठ नागरिकहरुलाई सहयोग गरि मनाएको छ । सहकारीले पोखरा– ६ मा रहेको शुभकामना जेष्ठ नागरिक पार्कलाई १ लाख रुपैयाँ बराबरको भान्सामा प्रयोग गरिने किचन सामाग्री बितरण गरेको हो ।

उक्त सामाग्री संस्थाका अध्यक्ष सूर्यनाथ पहारीले ज्येष्ठ नागरिक पार्क परिवारलाई सोमबार एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरे । सो अवसरमा वडा सदस्य बासुदेव बरालले ज्येष्ठ नागरिकहरूका लागि आवश्यक सेवा, सुविधा प्रदान गर्न वडा कार्यालय लागि परेको सुनाए । उनले अधिकारको संरक्षण र सम्वर्द्धन गरि उनीहरूमा भएको अनुभव, सीप, ज्ञान र क्षमतालाई लाई विकासको राष्ट्रिय मूल प्रवाहमा समाहित गदै योजनावद्ध ढङ्गले लाग्न सरकारलाई आग्रह गरे । ज्येष्ठ नागरिकहरूले परिवारमा पाउने सेवा, सुविधा एवं सम्मानमा क्रमश ह्रास हराउँदै गएको छ । यस अवस्थालाई अझ खस्किन नदिन, सामाजिक संस्कार र मान्यतालाई कायम राख्न आज हाम्रो लागि चुनौती बनेकोमा चिन्ता जनाए । उमेरको उत्तरार्धमा ज्येष्ठ जीवन बिताईरहेको ज्येष्ठ सदस्यहरूलाई प्राप्त सामाग्रीहरू राहत पुग्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष सूर्यनाथ पहारीले सहकारीले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न कामहरू गरेको स्मरण गर्दै, ज्येष्ठ नागरिकहरूको हकहित संरक्षण गरि उनिहरूलाई समाजमा उचित र यथोचित ढङ्गले सम्मान दिनु आवश्यक रहेको बताए । संस्थाले समुदायका ज्येष्ठ नागरिकलाई सहयोग गरेर संस्थाको वार्षिकोत्सव मनाउँदा आत्मसन्तुष्टि मिलेको जनाए । कार्यक्रममा नागरिक समाजका कास्की पूर्व संयोजक विष्णुहरि अधिकारी, सहकारीका उपाध्यक्ष सुन्दरराज पहारी, सचिव कृष्णकुमारी पौडेल, ज्येष्ठ नागरिक सदस्य लोकराज पहारी र पार्क उपाध्यक्ष कुन्ता अधिकारी लगायतले ज्येष्ठ नागरिकहरूले परिवारमा पाउने सेवा, सुविधा एवं सम्मानमा ह्रास हाउँदै गएकोमा चिन्ता व्यक्त गरेका थिए । ज्येष्ठ नागरिक पार्क परिवारले संस्थालाई माया गरेर आज यहाँसम्म पु¥याउनु हुने सबैलाई धन्यबाद व्यक्त गर्दै, आउँदा दिनहरूमा पनि सहयोगी हातहरू लिएर आउन आग्रह गरेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->