बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

‘हल्लाको पछि होइन, कम्पनी अध्ययन गरेर लगानी गरौं’

‘हल्लाको पछि होइन, कम्पनी अध्ययन गरेर लगानी गरौं’

शेयर बजार अर्थतन्त्र जोडिएको विषय भएकोले अर्थतन्त्र सुदृढ बन्नको लागि हरेक मानिस उत्पादनमा समेत लाग्नुपर्नेमा जोड ।


  • रन्जिता शर्मा
  • माघ १० २०८१, बिहिबार

पोखरा/पछिल्लो समय सेयर बजारमा नयाँ लगानीकर्ता भित्रिने क्रम बढिरहँदा नेपाल धितोपत्र बोर्डले दोस्रो बजारमा लगानी गर्नुपुर्व हल्लाको पछि नलागी कम्पनी अध्ययन गरेर मात्र लगानी गर्नुपर्नेमा जोड दिएको छ ।
गण्डकी प्रदेशका आर्थिक पत्रकारहरुको लागि धितोपत्र बार्डको आयोजनामा सम्पन्न भएको तालिममा प्रशिक्षकहरुको सहजीकरण गर्दै शुरुमा बजार प्रवेश गर्दा १० कित्ता आईपिओबाट प्रवेश र उसको मुल्य धेरै पारेर बेच्दा नयाँ लगानीकर्ताले दोस्रो बजारमा पनि मनग्य नाफा हुन्छ भनि कम्पनी अध्ययन नै नगरी हल्लाको पछि लागेर लगानी गर्दा फस्ने सम्भावना रहेको हुँदा कम्पनी अध्ययन गरेर मात्र लगानी गर्न अनुरोध गरेका थिए ।
बुधबार पोखरामा नेपाल धितोपत्र बोर्डको आयोजना र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको समन्वयमा गण्डकी प्रदेशका आर्थिक पत्रकारहरूको लागि धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम सम्पन्न भएको हो ।
तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेले शेयर बजार अर्थतन्त्र जोडिएको विषय भएकोले अर्थतन्त्र सुदृढ बन्नको लागि हरेक मानिस उत्पादनमा समेत लाग्नुपर्नेमा जोड दिए । पत्रकारहरूको लागि नेपालको पूँजी बजार र वस्तु विनिमय बजारको समग्र प्रणालीबारे जानकारी दिने किसिमका कार्यक्रम गर्दा पत्रकारलाई वित्तीय समाचार लेखनमा थप दक्षता प्रदान गर्ने र आमनागरिकलाई आर्थिक सचेतनाका लागि सहयोग पुग्ने पाण्डेले विश्वास व्यक्त गरे ।


बोर्डका उपकार्यकारी निर्देशक निरञ्जय घिमिरेले पत्रकारिता क्षेत्रबाट स–साना लगानीकर्तालाई सचेत गराउन महत्वपुर्ण भुमिका रहने हँुदा पत्रकारितामार्फत ग्रामिण भेगसम्मका लगानीकर्ता समक्ष सहि सूचना प्रवाह गरिदिन समेत आग्रह गरेका थिए । उनले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार धितोपत्र बजारको नियमन र विकासको बारेमा जानकारी दिँदै उनले पत्रकारलाई बजारको संरचना र नियामक प्रणालीको महत्व बुझ्नका लागि आग्रह गरेका थिए ।
कार्यक्रममा नेपाल स्टक एक्सचेन्जका सहायक प्रबन्धक मुरारी पराजुली र सिडिएस क्यिरिङका उपप्रबन्धक सुरेश न्यौपाने, नेपाल धितोपत्र बोर्डका सहायक निर्देशक गौरव बरालले नेपाल धितोपत्र बजारको संरचना, दोस्रो बजारमा राफसाफ र फछ्यौट व्यवस्था, एसएमई प्लेटफर्म र वस्तु विनिमय बजारको नियमनका साथै नेपालका पूँजी बजारमा भएका पछिल्ला विकासबारे सहजीकरण गरेका थिए ।
कार्यक्रम नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेलको स्वागत, महासचिव जमुना वर्षा शर्माको सञ्चालन र अध्यक्ष रमेश पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->