म्याग्दी / बेनी नगरपालिका–६ चुत्रेतीमा टिप्परले ठक्कर दिँदा मोटरसाइकल चालक मंगला गाउँपालिका– ३ का ४६ वर्षिय थमबहादुर रोकाको मृत्यु भएको छ । शनिबार राति साढे ८ बजे भएको दुर्घटनामा घाइते रोकाको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा मृत्यु भएको म्याग्दी प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते मोटरसाइकलको पछाडि बस्ने बेनी नगरपालिका–७ मंगलाघाटका प्रेम शाहीको पोखराकै मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूलाई स्थानीयले उद्धार गरी बेनी अस्पताल पुर्याएका थिए । बेनीमा थप उपचार सम्भव नभएपछि घाइतेहरूलाई थप उपचारका लागि राति नै पोखरा पुर्याइएको थियो ।
बेनी नगरपालिका–४ तातोपानीबाट बेनीतर्फ आउँदै गरेको ध ७ प ४००५ नम्बरको मोटरसाइकललाई बेनीबाट तातोपानीतर्फ जाँदै गरेको ग १ क ५७३५ नम्बरको टिप्परले चुत्रेनीमा ठक्कर दिएको थियो । टिप्पर चालक बेनी नगरपालिका–५ का खिमे दर्जीलाई पक्राउ गरी अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।





