सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बागलुङबाट नेपाल समाजवादी पार्टी (नयाँ शक्ती)को महाधिवेसन प्रतिनिधि छनौट

बागलुङबाट नेपाल समाजवादी पार्टी (नयाँ शक्ती)को महाधिवेसन प्रतिनिधि छनौट


  • ढोरपाटन संवाददाता
  • माघ १४ २०८१, सोमबार

बागलुङ/नेपाल समाजवादी पार्टी (नयाँ शक्ती)को प्रथम महाधिवेसनका लागि बागलुङबाट प्रतिनिधिहरु छनौट भएका छन् । माघ २७ देखि २९ गतेसम्म काठमाण्डौंमा हुने महाधिवेसनका लागि जिल्ला समन्वय समितिमार्फत प्रतिनिधिहरु छनौट भएका हुन् ।
स्थानीय तहबाट छनौट भएर आएका प्रतिनिधिहरुलाई समन्वय समितिको बैठकले अनुमोदन गरेको उक्त पार्टीका जिल्ला संयोजक कृष्ण शर्माले बताए । महाधिवेसनका लागि चित्र सापकोटा, बाबुकाजी केसी, अर्जुन खत्री, शंकरबहादुर कुँवर, कृष्ण शर्मा, नुनुमाया थापा मगर, ढाकाबहादुर परियार, दिपक शाही समुन्द्रिया, महेन्द्र प्रसाद शर्मा, यदुनाथ घिमिरे र कृष्णबहादुर छन्त्याल छन् ।
बैठकले खुला तथा समावेशी समुहबाट सबै प्रतिनिधि छनौट गरेको छ । त्यस्तै तुलसी दमाई, यमबहादुर पुन, शान्ती थापा, शिव थापा, दिलमाया थापा, चेली थापा, सुनिता बिक, हिमाल दर्जी, चिरन्जिवी गायक युनिष मिया, शान्ति बिक, रामबहादुर घर्ती, पुनम श्रीष, संजय श्रेष्ठ, जीतबहादुर बिक र हेमबहादुर केसी महाधिवेसनका लागि चयन भएका हुन् ।
सोमबार उक्त पार्टीले पत्रकार सम्मेलन गरेर पार्टीका प्रतिनिधि घोषणा गरेको हो । उक्त अबसरमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ती)का गण्डकी प्रदेश इन्चार्ज मोती रिजालको उपस्थितिमा संयोजक हिमबादुर थापाले नेपालमा पुराना दलहरुको औचित्य सकिएकोले नयाँ शक्तीको आवस्यकता परेको बताए । उनले २१ औं शताब्दी सुहाउँदो पार्टीको रुपमा नयाँ शक्ती आएको उनले दावी गरे ।
आफ्दो दल मानवतावादी भएको, सामाजिक लोकतन्त्रमा आधारित भएर संचालन गरिएको थापाले बताए । वर्तमान सरकारले केही उपलब्धी गर्न नसकेको भन्दै सरकारको आलोचना गरेर उनले देश बिकासको नयाँ मोडल दिने बताए । काठमाण्डौंमा हुने महाधिवेसनले पनि देशको परिवर्तनको लागि दिशानिर्देश गर्ने उनले बताए ।
बैठकले समाजवादी उद्योग व्यापार महासंघ, नेपाल, नयाँ शक्तीको तेस्रो भेलाबाट चयन भएको समितिलाई पनि पारित गराएको छ । शर्माका अनुसार समाजवादी उद्योग व्यापार महासंघको अध्यक्षमा महेन्द्र शर्मा चयन भएका हुन् । उक्त महासंघको उपाध्यक्षमा शान्ती थापा र नारायण प्रसाद शर्मा, सचिवमा संजय श्रेष्ठ, कोषाध्यक्षमा यदुनाथ घिमिरे र सहसचिवमा तुलशी शर्मा चयन भएका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->