सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

‘सामाजिक संजालको अराजकताबाट पत्रकारिता जोगाऔं’

‘सामाजिक संजालको अराजकताबाट पत्रकारिता जोगाऔं’


  • ढोरपाटन संवाददाता
  • माघ १५ २०८१, मंगलबार

बागलुङ/प्रेस सेन्टर नेपालको २१ औं स्थापना दिवश मंगलबार मनाइएको छ । पत्रकारितामा पलायन, आर्कषण र अनुशासन बिषयक शिर्षकमा अन्तरक्रिया तथा छलफल गरेर दिवश मनाइएको हो ।
उक्त अबसरमा सेन्टरका संस्थापक अध्यक्ष बद्रीप्रसाद शर्माले सामाजिक संजालबाट जन्मेको अराजकताबाट आजको पत्रकारिता बचाउने चुनौती थपिएको बताए । उनले सामाजिक संजालकै अराजकताले पत्रकारिता समाप्त हुने त होइन भन्ने शंका समेत व्यक्त गरे ।
शर्माले लेखन वृत्तिबाट भएपनि पत्रकारितालाई धान्ने वातावरण बनाउन सकेमा पलायन जोगाउन सकिने र त्यसकालागि पत्रकारितामा पनि अनुशासन र लगनशिलता आवस्यक पर्ने बताए । समाजका अगुवा, जनप्रतिनिधि र राजनीतिक नेतृत्वले पनि पत्रकारिता बचाउन नसके भोली आउने अराजकता र निरंकुशता बाट जोगिन नसक्ने बताए ।
पेशाबाट पलायनलाई पेशामा ल्याउने र बिदेश गएकाहरुलाई पनि पत्रकारितामा जोड्न सकेमा यो क्षेत्र बलियो बन्ने बताए । डिजिटल मिडियालाई पत्रकार र संचार माध्यमले अंगिकार गरेर त्यसको फाइदा लिन जान्नुपर्ने धारणा राखे ।
नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेलले पत्रकारितालाई टिकाइ राख्न पत्रकार सक्षम बन्नुपर्ने बताए । त्यसकालागि संगठन, महासंघ समेतले लेखन वृत्ति लगायतका कार्यक्रम ल्याएर खोज पत्रकारित ागर्नेलाई संरक्षण गर्न आवस्यक भएको बताए । महासंघ, बागलुङका पूर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बैदेशिक रोजगारीमा देखेको जस्तो सपना नेपाल भित्र पनि देख्न सक्ने अबस्था चाहिएको भन्दै पत्रकारिता अध्ययनशिल र अनुसन्धानमुलक समेत बन्नुपर्ने बताए । पत्रकारको परिवारलाई स्वरोजगार बनाउन सके पत्रकार पनि टिक्ने उनको धारणा छ ।
प्रेस सेन्टर बागलुङकी अध्यक्ष सरिता खत्रीको अध्यक्षता, सचिव बिनोद विश्वकर्माको संचालन र उपाध्यक्ष अनिष खातीको स्वागतमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा अधिवरल, सेन्टरकी केन्द्रीय सदस्य कोपिला कंडेल, नेपाल प्रेस युनियनका अध्यक्ष संगम घर्ती, प्रेस चौतारी नेपाल बागलुङका इन्चार्ज तारानाथ आचार्य, प्रगतीशिल पत्रकार संघका सल्लाहकार किरण आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->