सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

‘कानून व्यवसायी परिषद पेशागत हितको बन्नुपर्छ’

‘कानून व्यवसायी परिषद पेशागत हितको बन्नुपर्छ’


  • ढोरपाटन संवाददाता
  • माघ १६ २०८१, बुधबार

बागलुङ/नेपाल कानून व्यवसायी परिषदको आसन्न निर्वाचनको लागि गण्डकी प्रदेशका उमेदवार दयाराम गौतमले उच्च अदालत बागलुङसहित जिल्ला अदालत बार एसोसिएसनसँगको अन्तरक्रिया र भेटघाट कार्यक्रम गरेका छन् ।
डिएलए समूहका उमेदवार अधिवक्ता दयाराम गौतमले बागलुङ, पर्वत र म्याग्दीका कानून व्यवसायीसँग भेट गरेका हुन् । उक्त अबसरमा गोतमले कानून व्यवसायी परिषदमा पुगेर पेशागत हित, सदस्यतामा चुस्तता र गरिमा बढाउने कार्यक्रम ल्याउने जानकारी गराए । उक्त अबसरमा बरिष्ठ अधिवक्ता पद्मनाथ शर्माले बार काउन्सिल मर्यादित भयो भने कानून व्यवसायी मर्यादित हुने र त्यसले सिंगो न्यायपालिका भित्र अनुशासन र मर्यादा कायम हुने बताए ।
कार्यक्रममा बरिष्ठ अधिवक्ता भूमिश्वर गौतम, डिएलएका अध्यक्ष सरिता गौतम, पूर्व अध्यक्ष उमाशंकर सापकोटा लगायतले परिषदलाई कानून व्यवसायीको हितमा उपयोगी बनाउनु पर्ने धारणा राखे । डिएलए बागलुङकी अध्यक्ष सरिता गौतमको अध्यक्षता सचिव रामराज कंडेलका संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
गौतमले उच्च अदालत बार एसोसिएसन बागलुङका पदाधिकारीसँग पनि भेट गरेका छन् । उनले बारको भूमिका र कामप्रति सम्मान गर्दै काउन्सिलको भूमिका पनि उचो बनाउने बताए । उच्च अदालत बार एसोसिएसन बागलुङका अध्यक्ष रमेश खड्काको अध्यक्षतामा अन्तरक्रिया समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->