बागलुङ/नेपाल निजामती कर्मचारी संगठन बागलुङको अध्यक्षमा मनोज कार्की सर्वसम्मत चयन भएका छन् । बुधबार बागलुङमा सम्पन्न १२ औं जिल्ला अधिवेशनले कार्कीको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा राधिका थापा मगर र राजु खत्री चयन भए । त्यस्तै सचिवमा तुलसिराम कँडेल, सह–सचिवमा कसिन्द्र शाही र कोषाध्यक्षमा नकुल शर्मा चयन भएको निर्वाचन समितिले जनाएको छ ।
समितिका सदस्यहरुमा मिलन थापा मगर, मेघराज रिजाल, यादवदत्त रेग्मी, उषा सुवेदी गौतम, टिकादेवी रिजाल, मोनिका रुचाल, तुल्सी रेग्मी, मानसिंह पुन, सुरेन्द्रप्रसाद पाध्याय, शुयष सापकोटा, ऋषिराम गोतामे, राम बहादुर थापा र रोशन पन्थी चयन भएका छन् । अधिवेशनले लेखा परिक्षण आयोगको संयोजकमा शोभा केसी, सदस्यहरुमा कमल अधिकारी र टेकनारायण रिजाललाई चयन गरेको छ ।
अधिवेशनबाट केन्द्रिय प्रतिनिधिमा श्याम कुमार थापा, रामप्रसाद उपाध्याय, सरस्वती देवि रेग्मी, थम्मन बहादुर रेश्मी, कृष्ण प्रसाद आचार्यलाई चयन गरेको छ । प्रदेश प्रतिनिधिमा श्याम कुमार थापा मगर, खिम बहादुर बिक, प्रकाश शर्मा, जुद्ध बहादुर पराजुली, खिम कुमारी राना र देवी कुमारी शर्मा चयन भएका छन् ।
कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठक, जिल्ला समन्वय समितिका प्रमुख अमर थापा, नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष हिराबहादुर केसी, निजामती कर्मचारी संगठनका केन्द्रिय सचिवालय सदस्य भरत भुसाल, सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेल, जिल्ला समन्वय अधिकारी कृष्णराज गौतम, धौलागिरी बहुमुखी क्याम्पसका प्रमुख सुदर्शन सिलवाल, निजामती कर्मचारी युनियन बागलुङका अध्यक्ष देवप्रकाश घिमिरे, नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङका अध्यक्ष गंगा कुमारी शर्मा लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।





