बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सहकारी ठगी आरोपमा म्याग्दी जिल्ला समन्वय प्रमुख थापा सहित ५ पक्राउ (अपडेट)

सहकारी ठगी आरोपमा म्याग्दी जिल्ला समन्वय प्रमुख थापा सहित ५ पक्राउ (अपडेट)


  • तुफान गौतम
  • माघ २० २०८१, आइतबार

म्याग्दी/ सहकारीको रकम हिनामिना गरेको आरोपमा म्याग्दी जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा आइतबार पक्राउ परेका छन् । उनीसहित अन्य ४ जनासमेत पक्राउ परेको जिल्लास्थित उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ ।

थापा सहितको समुहले स्थानीय कुमारी सहकारीको डेढ अर्ब रुपैयाँ हिनामिना गरेको छानविनका क्रममा भेटिएको थियो । प्रारम्भिक छानविनका क्रममा १५ जनाले १ अर्ब ४९ करोड रुपैयाँ हिनामिना गरेको पाइएको र पछि केहीले हिसाव मिलाएर अहिले १ अर्ब ४२ करोड रुपैयाँ जति हिनामिना भएको अनुमान रहेको सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशका सहकारी रजिष्ट्रार भेषराज रिजालले बताए । सहकारी रजिष्ट्रारको कार्यालयको प्रतिवेदनका आधारमा केही समय अघि नै म्याग्दी प्रहरीले आरोपसहितको प्रतिवेदन पनि बनाएको थियो । सहकारीको रकम सञ्चालकले ढुकुटी खेलाउने, निजी स्कुल र घरजग्गामा लगाउनेजस्ता व्यक्तिगत स्वार्थमा प्रयोग गरेको प्रतिवेदनमा छ । तर थापालगायतको समुह पक्राउ भने परेको थिएन । पछिल्लो समय पक्राउ गरी कानुनी प्रक्रियामा लैजान भन्दै केन्द्रको आदेश आएपछि प्रहरीले उनलाई पक्राउ गरेको स्रोतले जनाएको छ ।

थापा एमाले जिल्ला कमिटिका उपसचिवसमेत हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->