सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

अधिकृत बिक्रेता संघ धौलागिरीको अध्यक्षमा श्रेष्ठ

अधिकृत बिक्रेता संघ धौलागिरीको अध्यक्षमा श्रेष्ठ


  • ढोरपाटन संवाददाता
  • माघ २० २०८१, आइतबार

बागलुङ/साविकको धौलागिरीका चार जिल्ला समवेश गरेर गठन भएको धौलागिरी अधिकृत बिक्रेता संघको दशौं साधारणसभा तथा पाँचौं अधिबेशनले नयाँ नेतृत्व चयन गरेको छ । शनिबार बागलुङ बजारको सिल्भर पार्टी प्यालेसमा सम्पन्न अधिबेशनले म्याग्दीका व्यवसायी राजकुमार श्रेष्ठ अध्यक्ष रहेको १५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा प्रणनाथ गौतम, उपाध्यक्षमा हेमन्त बानियाँ, महासचिवमा नारायण ढुंगाना, सचिवमा दिपेन्द्र कँडेल र कोषाध्यक्षमा जगन्नाथ शर्मा चयन भएका छन् । त्यस्तै समितिको सदस्यहरुमा यमुना रेग्मी, शान्ता पौडेल, सम्झना पौडेल, विजय पौडेल, हरिप्रसाद आचार्य, बिमल अधिकारी, बिष्णु रिजाल, हरि प्रसाद सापकोटा र चिरञ्जीवि शर्मा निर्वाचित भएको निर्वाचन समितिका संयोजक बद्रि ढुंगानाले बताए । बाँकी सदस्य समितिको पहिलो बैठकले मनोनित गर्नेछ ।
अधिबेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले देशमा उत्पादन र व्यापारको वातावरण बनाउन सरकार तल्लिन रहेको बताए । उनले नीजि क्षेत्रले सरकारका काममा सहयोग गर्नुपर्ने भन्दै लगानीको वातावरण सरकारले बनाउनुपर्नेमा जोड दिए । सरकारले देशका सबै नागरिक रोजगारी र आयआर्जनसँग जोडिने गरी नीजि क्षेत्रसँग सहकार्य गर्ने पाठकले बताए ।
कार्यक्रममा नेपाल बितरक महासंघका संस्थापक अध्यक्ष गोबिन्द कर्माचार्य, गण्डकी प्रदेशका अध्यक्ष बद्रि ढुंगाना लगायतले बोलेका थिए । संघले धौलागिरी क्षेत्रमा हुने बिभिन्न क्रियाकलापहरुमा सहयोग तथा व्यवसायीक हितका क्षेत्रमा काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->