सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

२०८४ को निर्वाचनसम्म गठनबन्धनको सरकार : उपप्रधानमन्त्री सिंह

२०८४ को निर्वाचनसम्म गठनबन्धनको सरकार : उपप्रधानमन्त्री सिंह


  • ढोरपाटन संवाददाता
  • माघ २१ २०८१, सोमबार

बागलुङ/उपप्रधानतथा सहरी बिकास मन्त्री प्रकाशमान सिंहले वर्तमान गठवन्धन सरकार आगामी २०८४ सालको निर्वाचनसम्म एकधिक्का भएर अगाडी बढ्ने बताएका छन् । सोमबार बागलुङ ढोरपाटन नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गर्न आएका मन्त्री सिंहले देशलाई राजनैतिक स्थायीत्व दिन राजनैतिक स्थिरता चाहिएको समेत बताए । उनले वर्तमान सरकारले जनताको चाहना अनुसारको विकास र सुशासन दिने दावी समेत गरेका छन् ।
सिंहले देशरालाई राजनीतिक स्थायीत्व दिन र स्थिर सरकारमार्फत देश विकास गर्न पनि गठबन्धन बनेको बताए । ‘देशमा सुशासन र विकास गर्न संभव छ तर त्यसका लागि स्थायी सरकार चाहिन्छ’ उनले भने, ‘जनताको चाहना पनि देशलाई स्थायीत्व दिने सरकार र सुशासन नै छ ।’ स्थायी सरकार बन्ना साथ सुशासनका सूचकहरु बढ्न थालेको समेत उनले दावी गरे ।
ढोरपाटन नगरपालिकाको मुकाम रहेको बुर्तिबाङ बजार पनि मध्यपहाडी राजमार्गले निर्माण गर्ने दशवटा नमुना सहरमा सूचिकृत छ । लामो समयदेखि पुरा नभएको नमूना सहर निर्माणको अभियान छिटै पुरा गर्न आवस्यक बजेटको व्यवस्थापनमा पनि साथ दिने सिंहले प्रतिबद्दता जनाएका थिए । नेपालको अर्थतन्त्रको अबस्था सुधार गर्न र पहाडी क्षेत्रको बसाइ सराइ रोक्न पनि नमूना सहरहरु विकास गर्ने राज्यको नीति रहेको उनले सुनाए । नेपालको अर्थतन्त्र उकास्न पनि नमूना सहरहरु उपयोगी बन्ने उनले बताए ।
आर्थिक बर्ष २०७८÷०७९ मा निर्माण शुरु भएको प्रशासनिक भवन ४ करोड ५९ लाख ३४ हजार रुपैयाँको लागतमा निर्माण भएपछि सोमबार सिंहले उद्घाटन गरेका हुन् । अहिलेसम्म ढोरपाटन नगरपालिका भाडाको घरमा बस्दै आएको थियो । मासिक एक लाख बढी भाडा तिरेर नगरपालिका बस्दा विकास खर्च समेत जोगाउन नसकेको नगरपालिकाले अब भने उक्त रकम बचत गर्न सकिने कावा नगरप्रमुख धनबहादुर कायतले बताए ।
उनले नयाँ भवनसँगै काम गर्ने सोच र जाँगर पनि नयाँ पलाउने बताए । उपप्रधानमन्त्री सिंहले उत्तरगंगा जलासययुक्त जलविद्युत आयोजनाको काम पनि छिटै अगाडि बढाउन पहल गर्ने बताए ।
ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धनबहादुर कायतको अध्यक्षतामा भवन उद्घाटन कार्यक्रममा प्रतिनिधि सभा राज्य व्यवस्था तथा शुसासन समितीका संयोजक रामहरी खतिवडा, संघिय सांसद देवेन्द्र पौडेल, संघिय सांसद देवीप्रकाश भट्टचन, गण्डकी प्रदेश सभा सांसद जीतबहादुर शेरचन, दिलमाया पौवी लगायतले शुभकामना मन्तव्य राखेका थिए । ढोरपाटन नगरपालिका वडा नम्बर १ का अध्यक्ष वानबहादुर छन्त्यालको स्वागतमा सम्पन्न कार्यक्रम प्रमुख प्रशासकिय अधिकृत चिरञ्जिवि घिमिरेले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->