सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

अपराधलाई कानूनले सजाए दिने हो, राजनीतिले जोगाउने होइन : खतिवडा

अपराधलाई कानूनले सजाए दिने हो, राजनीतिले जोगाउने होइन : खतिवडा


  • ढोरपाटन संवाददाता
  • माघ २२ २०८१, मंगलबार

बागलुङ/कांग्रेस केन्द्रीय सदस्य तथा संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले तीन तीन महिनामा विश्वासको मत लिने प्रवृत्ति हटाउन एमाले र कांग्रेस मिलेर सरकार चलाउनुपरेको बताएका छन् । उनले स्थायी सरकार बनेर देशलाई केही राजनीतिक निकास दिन सकिने उनले बताए ।
नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ का पदाधिकारीको छलफल कार्यक्रममा खतिवडाले त्यसो भन्दैमा दुइ दलबीच भएका मतभेद पनि मिलाउनु पर्छ भन्नेमा कांग्रेस नरहेको उनको भनाई थियो । खतिवडाले कांग्रेस वा एमालेभित्रका अपराध लुकाउन पनि यो सरकारले कुनै साथ दिन नहुने धारणा राखे ।
यतिबेला सहकारी ठगीलगायत अन्य अपराधका विषय धेरै उठेका छन् । ती घटनामा पार्टीको कार्यकर्ता परेको खण्डमा जोगाउने काम गर्न नहुने खतिवडाले बताए । ‘अपराधलाई कानूनले सजाए दिने हो, राजनीतिले जोगाउने होइन’ उनले भने, ‘अहिलेको सरकार स्थायीत्व दिनका लागि बनेको हो, स्थायीत्वका नाउँमा कांग्रेसको नेता भ्रष्टाचारमा पर्दा जोगाउने होइन ।’ कारावही गरेर जान सक्ने वातावरण बनाउने उनले बताए ।
न्यायालय र प्रेस जगत जहिले पनि स्वतन्त्र र निर्भिक बन्नुपर्ने भन्दै उनले जबसम्म यी दुइ संस्था कमजोर बन्छन् त्यतिबेला देशमा मानवअधिकारको संकट चुलिने बताए । साथै उनले अपराधीकरण बढ्ने र राजनीतिक दलको अस्तित्व पनि समाप्त हुने खतरा औल्याउँदै राजनीतिले सही दिशा दिने र न्यायालयले निर्भिक भएर निर्णय लिनुपर्ने बताए । उनले संगठन केन्द्रबाट नभइ वडाबाट गरिनुपर्ने मान्यतामा कांग्रेसलाई विकास गर्नुपर्ने बताए । ‘हामी वडाबाटै बलियो कांग्रेस बनाउन खोज्दैछौं, आगामी निर्वाचन एक्लै लड्छौं’ उनले भने, ‘तर च्याँखे थाप्नेहरुले एक्लै लड्ने वातावरण धमिल्याउन सक्छन् ।’ त्यसका लागि सत्ता साझेदारहरु पनि आगामी निर्वाचनमा एक्लै जाने सहमतिमा पुग्नुपर्ने उनले बताए ।
नेपाल प्रेस युनियनका पदाधिकारीसँग पनि खतिवडाले छलफल गरे । उक्त अवसरमा सामाजिक संजालहरु छाडा भएको भन्दै नियमन गर्न जरुरी रहेको उनले बताए । तर प्रेस स्वतन्त्रताका लागि भने कांग्रेसले कहिले पनि सम्झौता नगर्ने बताए । ‘हामीले स्वतन्त्र प्रेस र मानवअधिकार तथा बहुलवादको वकालत गर्छौ’ उनले भने, ‘त्यसको खिल्ली उडाउने निर्णयमा पुग्दैनौं ।’ कांग्रेस अंक गणितमा हार्न तयार रहेको तर सिद्दान्तमा जितिरहेको उनले जिकिर समेत गरे ।
‘लोकतन्त्र, गणतन्त्र र बहुदलीय प्रतिस्पर्धाको सिद्दान्तमा कांग्रेसले जितिरहेको छ’ उनले भने, ‘च्याखे थापेर कसैको अंकगणित बलियो भएर कांग्रेस हारेपनि आफ्नो सिद्दान्तमा हार्नेछैन ।’ तर २०८४ को निर्वाचनमा अंक गणितमा पनि बहुमत ल्याउने गरी काम गरेको उनले दाबी गरे ।
अन्तरक्रिया नेपाली कांग्रेस क्षेत्रीय सभापति चण्डीप्रसाद शर्माको अध्यक्षता र सचिव जयराम भारीको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा कार्यकर्ताले वर्तमान सरकार, आसन्न महाधिवेसन र कांग्रेसको रणनीतिबारे जिज्ञाशा समेत राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->