बागलुङ/ढोरपाटन राष्ट्रिय दैनिकका सह–सम्पादक तारानाथ आचार्यलाई पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङको मंगलबारदेखि शुरु भएको आठौं जिल्ला अधिवेशनको अवसरमा आचार्यलाई क्रियाशिल पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।
सोही अवसरमा धौलागिरि जागरण दैनिकका सह–सम्पादक खेमराज गौतमलाई पनि पुरस्कृत गरिएको छ । गौतमलाई युवा क्रियाशील पत्रकारिताका पुरस्कार गरिएको हो । आचार्य र गौतमलाई प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले जनही १० हजार रुपैयाँ र दोसल्ल्ला ओढाएर सम्मान गरेका हुन् । प्रेस चौतारी बागलुङले २०७२ मा क्रियाशील पत्रकारिता पुरस्कार र २०७९ सालमा युवा पत्रकारिता पुरस्कार स्थापना गरेको होे ।





