सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

प्रेस चौतारी बागलुङको अध्यक्षमा पौडेल चयन

प्रेस चौतारी बागलुङको अध्यक्षमा पौडेल चयन


  • ढोरपाटन संवाददाता
  • माघ २३ २०८१, बुधबार

बागलुङ/प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङको अध्यक्षमा कमल पौडेल निर्विरोध रुपमा चयन भएका छन् । मंगलबार राती सम्पन्न शाखाको २० औं वार्षिक साधारणसभा तथा आठौं जिल्ला अधिवेशनबाट पौडेल अध्यक्षमा निर्विरोध रुपमा चयन भएका हुन् ।
अधिवेशनबाट चौतारीको उपाध्यक्षमा अर्जुन कार्की, महिला उपाध्यक्षमा संगिता रेग्मी, सचिवमा रोहन जिसी, सह–सचिवमा कृष्ण संयोग, समावेशी सह–सचिवमा लक्ष्मी परियार, कोषाध्यक्षमा रूद्र गौतम चयन हुँदा सदस्यहरुमा अनिश पाठक, सुनिल राना, सन्देश खरेल, दिपिका खड्का, कृष्ण कुमार सैजु, गोपाल बुढा, सुजन रेग्मी र प्रबेश पौडेल चयन भएको प्रेस चौतारी बागलुङका निवर्तमान अध्यक्ष सिर्जना पन्तले जानकारी दिइन् ।
यस्तै, अधिवेशनबाट केन्द्रीय प्रतिनिधिमा हरिनारायण गौतम, सिर्जना पन्त, उमाकान्त शर्मा, राम बहादुर जिसी र रामकृष्ण बोहरा चयन भएका छन् । प्रदेश प्रतिनिधिमा खेमराज गौतम ‘सुवास’, राम खत्री र मन कुमारी केसी चयन भएका छन् ।
अधिवेशनलाई संक्षिप्त रुपमा सम्बोधन गर्दै प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेतले पत्रकारितामा इमान्दारिता र क्रियाशिलता आवश्यक रहेको चर्चा गर्दै देश र समाज रुपान्तरणको लागि पत्रकारिता महत्वपूर्ण पेशा भएकाले इमान्दार र क्रियाशिल हुनुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->