सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

‘अपांगलाई हेर्ने दृष्टीकोण सकारात्मक बनोस्’

‘अपांगलाई हेर्ने दृष्टीकोण सकारात्मक बनोस्’


  • ढोरपाटन संवाददाता
  • माघ २६ २०८१, शनिबार

बागलुङ/शारिरीक रुपमा अपांग हुँदैमा राज्यको नजरमापनि अपांग बनाइन नहुने सरोकारवालाले बताएका छन् । उनीहरुले राज्यका हरेक निकायमा अपांगता भएका नागरिकको सम्मानजनक प्रतिनिधित्वको माग समेत गरे ।
राष्ट्रिय लोकतान्त्रिक अपांग संघ जिल्ला कार्यसमिति बागलुङको प्रथम अधिवेसनको क्रममा उनीहरुले अपांगलाई हेर्ने दृष्टीकोण राजनीतिक दल र राज्य संचालकहरुले सकारात्मक बनाउनुपर्ने धारणा राखे । कार्यक्रममा गण्डकी प्रदेशसभाका सदस्य तथा नेपाली कांग्रेस बागलुङका सभापति जितबहादुर शेरचनले अपांगहरु पनि सक्षम छन् भन्ने राज्य संचालकले बुझ्नुपर्ने बताए । उनले आफ्नो क्षेत्रमा वकालत गर्ने प्रतिवद्दता समेत जनाए ।
लोकतन्त्र बलियो हुँदा अपांगको पनि हित हुने उनको भनाइ छ । पार्टीले पनि अपांगको हितमा निरन्तर वकालत गर्ने र पार्टी पंक्तिमा समेत सँगै हिडाउने धारणा समेत उनले राखेका थिए । कार्यक्रममा कांग्रेस सचिव तथा जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले अपांगहरु शारिरीक रुपमा कमजोर भएपनि बौद्दिक काम र नीति निर्माणमा काम गर्न सक्षम भएको बताए । उनले पालिका तहमा पनि उपप्रमुखको नेतृत्वमा अपांगता भएका नागरिकको खोजी गरी सूचिकृत गर्ने र क्षमता बिकासका कार्यक्रम संचालन गर्ने गरेको बताए ।
राष्ट्रिय लोकतान्त्रिक अपांग संघ बागलुङका अध्यक्ष जगुपति कंडेलको अध्यक्षता, भैरवबहादुर थापाको संचालन र होमनाथ शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा कांग्रेस महाधिवेसन प्रनिनिधि भीम श्रीष, बरिष्ठ अधिवक्ता कृष्णप्रासाद निउरे, नेपाल महिला संघकी केन्द्रीय सदस्य भगवती केसी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
अधिवेसनले होमनाथ शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । जस मध्ये जिल्ला कार्यसमितिमा रहने सदस्यहरु सम्बन्धीत पालिकाको संयोजक बनेर पालिका अधिवेसन समेत गर्नेछन् । अधिवेसनले ढोरपाटन नगरपालिकाका मिलन केसी, तमानखोला गाउँपालिकाका धनिराम सुनार, निसीखोला गाउँपालिकाका अप्तार घर्तीमगर, गलकोट नगरपालिकाका आविस्कार खरेल, काठेखोला गाउँपालिकाका भैरवबहादुर थापा, बागलुङ नगरपालिकाका भरतकुमार सापकोटा, बडिगाड गाउँपालिकाका तप्सरा बुढाथोकी, जैमिनी नगरपालिकाका हिरा ठकुरी र बरेङ गाउँपालिकाका यमबहादुर थापा सदस्य छन् । अधिवेसनले जगुपति कंडेल, नारायण पौडेल र बसन्तजंग राजभण्डारीलाई केन्द्रीय महाधिवेसन प्रतिनिधि तोकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->