सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

सरकार सामाजिक संजालबाट डरायो : हितमान शाक्य

सरकार सामाजिक संजालबाट डरायो : हितमान शाक्य


  • ढोरपाटन संवाददाता
  • माघ २७ २०८१, आइतबार

बागलुङ/नेकपा माओवादी केन्द्रका सचिव हितमान शाक्यले सरकार आलोचनाबाट डराएको आरोप लगाएका छन् । सरकार सामाजिक संजालमा अंकुश लगाएर आलोचनाबाट बच्न खोजेको समेत बताए ।
शनिवार प्रेस सेन्टर बागलुङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै शाक्यले संसद छलेर अध्यादेश ल्याउने सरकारी नियतमा खोट रहेको टिप्पणी गरे । उनले संसदबाटै सबै कानून बनाउन आग्रह पनि गरे । संविधान संशोधन गर्ने भए निर्वाचन प्रणाली फेर्नुपर्ने समेत उनको धारणा छ ।
शनिवार बागलुङमा ‘नेवा मुक्ती मोर्चा’को सम्मेलनमा आएका शाक्य पत्रकार भेटमा बोल्दैसरकारले ल्याएको सामाजिक संजाल विधेयक फिर्ता लिनुपर्ने बताए । ‘बोल्नै नपाउने लोकतन्त्र किन चाहियो ? अहिले सत्तामा बस्नेको बिरोध भयो भन्दैमा सामाजिक संजाल बन्द गर्नुपर्ने बाध्यता छैन’ उनले भने, ‘यो सहमति र गृहकार्य विनै आएको हो ।’ उनले भ्रष्टाचारमा चुर्लुम्म डुवेको सरकार र नेताहरु बिरुद्दको आबाज बन्द गर्न आएको टिप्पणी गरे ।
संविधान सांशोधन गर्न दुइ तिहाइ बहुमत पु¥याउन कांग्रेस र एमाले मिलेको भनेपनि भ्रष्टाचार लुकाउन मिलेको समेत आरोप लगाए । उनले संविधानका अत्यावस्यक बिषय संशोधन गर्ने हो भने सबै दलको सहमति चाहिने पनि बताए । ‘निर्वाचन प्रणाली महंगो भएकोले भ्रष्टाचार बढेको छ, त्यो अन्त्य गर्ने अबस्था निर्माण गरौं’ उनले भने, ‘सांसदले कानून मात्रै बनाउने व्यवस्था गर्ने हो भने भ्रष्टाचार पनि घट्ने छ ।’ संविधान संशोधन गर्ने भए प्रत्यक्ष निर्वाचन प्रणाली, राष्ट्रपतिय शासन र पूर्ण समानुपातिक प्रणालीमा जानुपर्ने धारणा राखे । अन्य बिषयको संविधान संशोधन गर्ने एजेण्डा प्रतिगमन भएको उनको आरोप छ ।
माओवादी केन्द्र महाधिवेसनको तयारीमा लागेको भन्दै अझैपनि अध्यक्ष पुष्पकमल दाहालको बिकल्प नभएको बताए । ‘युवाहरु अग्रगामी भएर आउने अबस्था अझै देखिएको छैन, त्यसैले अध्यक्षबारे अहिले नै बिकल्पको बहस हुँदैन’ शाक्यले भने, ‘उमेरले युवा हुँदैमा सोच युवा नहुने रहेछ’ उनले भने, ‘प्रतिगामी सोचका युवाबाट परिवर्तन संभव छैन ।’ धेरै युवाको दिमाग अग्रगामी नभएको उनले आलोचना गरे । सेन्टरका उपाध्यक्ष अनिष खातीको अध्यक्षता, सचिव बिनोद प्रतिक थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->