बागलुङ/राष्ट्रिय प्रजातन्त्र दिवश तीन दिनसम्म मनाइने भएको छ । गृहमन्त्रालयको परिपत्र अनुसार जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाको अध्यक्षतामा बसेको राष्ट्रिय प्रजातन्त्र दिवश मुल समारोह समितिको बैठकले तीन दिन मनाउने निर्णय गरेको हो ।
दिवशको पहिलो दिन ६ गते बिहान नगर सरसफाइ कार्यक्रम गर्ने, दिउसो शिक्षा बिकास तथा समन्वय इकाइको नेतृत्वमा माबि स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने र सोही दिन धौलागिरि बहिरा बिद्यालयका छात्रछात्रालाई शैक्षिक सामाग्री बितरण गर्ने कार्यक्रम तय भएको समन्वय अधिकारी कृष्णराज गौतमले जानकारी दिए ।
त्यस्तै ७ गते मुल समारोह गरेर प्रवचन, बाजागाजा सहितको सास्कृतिक झाँकी र ¥याली समेहत आयोजना गरिने भएको हो । धौलागिरि अस्पताल र बागलुङ नगर स्वास्थ्य शाखाले निशुल्क स्वास्थ्य परीक्षण र नसर्ने रोगको स्क्रिनिङ गराउने भएको छ । सोही दिन बेलुकी कार्यालयहरु र लोकतान्त्रिक चोकमा दिप प्रज्वलन गर्ने निर्णय भएको हो ।
फागुन ८ गते दिउसो २ बजे बागलुङ उद्योग बाणिज्य संघका राजनीतिक दलहरुको अगुवाईमा प्रजातन्त्रको उपलब्धी एवं बागलुङ जिल्लाको आर्थिक समृद्दि, संभावना र चुनौती बिषयक अन्तरसम्बाद आयोजना गरिने भएको छ । त्यस्तै सदरमुकाम बाहिरका पालिकामा पालिका प्रमुखकै संयोजकत्वमा मुल समारोह गर्ने समेत निर्णय भएको हो । यी सबै कार्यक्रममा प्रचारप्रसार तथा विभिन्न परिसंवाद संचालन गर्न बैठकले नेपाल पत्रकार महासंघलाई अनुरोध गर्ने निर्णय समेत गरेको गौतमले जानकारी दिए ।





