सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

अध्यक्षमा डम्बर बुढा मगरसहित सबै निर्विरोध

अध्यक्षमा डम्बर बुढा मगरसहित सबै निर्विरोध


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ६ २०८१, मंगलबार

बागलुङ/आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) बागलुङको चौथो जिल्ला अधिवेसनले डम्बर बुढा मगरको अध्यक्षतामा नयाँ समिचि चयन गरेको छ ।
मंगलबार भएको अधिवेसनले सर्वसम्मत रुपमा बुढामगरको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा मञ्जुल शाक्य, सचिवमा बलबहादुर रोका मगर, सहसचिवमा शर्मिला रोका मगर, कोषाध्यक्षमा तिलक घर्ती मगर चयन भएका हनु् ।
फोनिजको सदस्यहरुमा भूमा तारामी मगर, राजेन्द्र श्रेष्ठ, शेखर थापा मगर, सुरेश छन्त्याल, शिशिर श्रीष, ज्योती थापा मगर रहेका छन् । अधिवेसनले प्रदेश महाधिवेसन प्रतिनिधिको रुपमा पदम छन्त्याल (प्रकाश), यामबहादुर थापा र छलिला बुढालाई चयन गरेको छ । त्यस्तै केन्द्रीय पार्सदमा राजेशचन्द्र राजभण्डारी र संगम घर्ती मगर चयन भएका छन् ।
अधिवेशनको उद्घाटन काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले गरेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष थापाले देशलाई राम्रो दिशामा लैजानको लागि पत्रकारहरुले भुमिका खेल्नुपर्ने बताए । उनले भ्रष्टचारका विरुद्ध र सुशासनका पक्षमा पत्रकारहरु एक भएर कलम चलाउनुपर्ने बताए ।

कार्यक्रममा फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीष मगर, नेपाल पत्रकार महासंघ, बागलुङका सचिव नारायण रिजाल, प्रगतीशिल पत्रकार संघका केन्द्रीय सचिव ताराप्रसाद शर्मा लगायतले मन्तव्य राखेका थिए । फोजिन बागलुङका अध्यक्ष पदमबहादुर छन्त्याल प्रकाशको अध्यक्षता, सचिव डम्बर बुढाको संचालन र सदस्य बलबहादुर रोकाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->