सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

कसैले चाहेर प्रजातन्त्र खोसिंदैन : केसी

कसैले चाहेर प्रजातन्त्र खोसिंदैन : केसी


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ७ २०८१, बुधबार

बागलुङ/राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रजातन्त्र र गणतन्त्र जनताको संघर्षबाट आएको बताएका छन् । उनले प्रजातन्त्र कसैको बकसमा नआएको समेत बताए ।
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बागलुङमा आयोजित मूल समारोहमा बोल्दै केसीले नेपालका हरेक परिवर्तन जनताको संघर्षबाटै आएकोले जनचाहना अनुसार कोही जान नसक्ने बताए । केसीले सत्ता र शक्तिका लागि विभिन्न नेता आउने जाने भएता पनि जनताले ल्याएको परिवर्तनको मुख्य हकदार जनतानै भएको उनको धारणा छ ।
‘नेता त शक्तिका लागि आउँछन जान्छन्, जनता त सँगै साँक्षी छन केसीले भने, ‘केही प्रतिगामीले जनताले संघर्ष गरेर ल्याएको गणतन्त्रको आवश्यकता छैन भन्दै कराएर प्रजातन्त्र हरण गर्न सक्दैनन् ।’ उनले लोकतन्त्र र गणतन्त्रलाई संकटमा पर्न नदिन जनतालाई आग्रह गरे । केसीले ७५ वर्ष अगाडी राणा सासनको अन्त हुने बेलाको कुरा कुरा सम्झँदै त्यस यता मुलुकमा कति परिवर्तन भए तर व्यवस्था परिवर्तन भए अनुसार देशको समस्या समाधान हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।
प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र माथि कालो बादल भने अझैपनि मडारिएको केसीले बताए । उनले केही प्रतिगामी तत्वकै कारण जनताले ल्याएका परिवर्तनमा नै समस्या उत्पन्न भएकोमा चिन्ता व्यक्त गरे । उनले सत्ता र शत्तिमा बस्नेले नराम्रो गरेपनि उनिहरुलाई सजाय दिनका निम्ती लोकतन्त्र आवश्यक रहेको बताए ।
प्रजातन्त्र दिवशको अबसरमा राजनीतिक दलका नेता, कार्यकर्ता, राष्ट्रसेवक समेतले प्रभात फेरी गरेर कोण सभा समेत गरेका थिए । गृहमन्त्रालयको परिपत्र अनुसार जिल्ला समन्वय समितिका प्रमुअ अमर थापाको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले दिवश मनाउने निर्णय गरेको थियो । जस अनुसार पहिलो दिन सरसफाइ अभियान सम्पन्न भैसकेको छ । दोश्रो दिन मुल समारोह गरिएको हो भने तेस्रो दिन बिहिवार प्रजातन्त्रको उपलब्धी र बागलुङको आर्थिक समृद्दि संभावना र चुनौती बिषयक अन्तरसम्बाद कार्यक्रम समेत आयोजना गरिने भएको जिल्ला समन्वय अधिकारी कृष्णराज गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->