सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

राधाकृष्ण मन्दिर शान्ति आश्रममा शिवरात्री महामहोत्सव २०८१ हुने

राधाकृष्ण मन्दिर शान्ति आश्रममा शिवरात्री महामहोत्सव २०८१ हुने


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ९ २०८१, शुक्रबार

पोखरा/ पोखरा महानगरपालिका वडा नं ३२ स्थित राधाकृष्ण मन्दिर शान्ति आश्रममा महाशिवरात्रीका अवसरमा शिवरात्री महामहोत्सव २०८१ हुने भएको छ ।  राधाकृष्ण मन्दिर शान्ति आश्रम र राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयको संयुक्त आयोजनामा शिवरात्री महामहोत्सव गर्न लागिएको विद्यालयका सहायक प्रधानाध्यापक प्रविण पौडेलले जनाए । उनका अनुसार महामहोत्सवका अवसरमा शिवरात्रीका दिन प्रातः कालीन महा शिवआराधना, सामूहिक ब्रतबन्ध, सायंकालीन शिव महाआरती एवम् अखण्ड हवन गरिनेछ ।

त्यस्तै सायंकालीन अखण्ड दीप प्रज्वलन, सामूहिक शिव महाधुनि प्रज्वलन, सामूहिक बिल्वपत्र अर्पण र भजन कीर्तन कथा प्रवचन गरिनेछ । महामहोत्सवका क्रममा विश्व शान्तिको कामनका लागि उखु, गुर्जो, वेल आदिको रसद्वारा अभिषेक, षोडशोपचारद्वारा पूजा आराधना आरती गरिनेछ भने रात्रीकालीन चार प्रहरमा शिव आराधना गरिने जनाइएको छ । त्यस्तै प्रातकालीन श्रृंगार, एक हजार आठ बिल्व अर्पण, अखण्ड दीपदान आदि कार्यक्रम तय गरिएको छ ।
महामहोत्सवमा कर्ता बन्नका लागि एक हजार एक सय रुपैयाँ सहयोग रकम निर्धारण गरिएको पौडेलले जनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->