बागलुङ/नेकपा एमाले बागलुङले वडा केन्द्रित पार्टी निर्माण अभियान २०८१ संचालन गर्ने भएको छ । फागुन ७ गते बसेको तेस्रो पूर्ण बैठकको निर्णय सार्वजनिक गर्दै एमालेले पार्टीको संगठित संख्या पनि शतप्रतिशत वृद्दि गर्ने लक्ष्य राखेको जानकारी दिएको छ ।
आसन्न निर्वाचनमा एकल बहुमत ल्याउने लक्ष्यलाई पच्छ्याउन ती योजना अनुसारको काम भैरहेको अध्यक्ष हिराबहादुर केसीले जानकारी दिए । शुक्रबार पत्रकार सम्मेलन गरेर एमालेले पार्टीको निर्णय सार्वजनिक गर्नुको साथै अभियानको बारेमा पनि जानकारी गराएको हो ।
अयिानको थालनी फागुन १६ गते बागलुङ बजारबाटै हुनेछ । फागुन १६ गते जिल्ला स्तरीय पार्टी कार्यकर्ता अभिमूखिकरण कार्यक्रम हुनेछ । त्यसका लागि प्रदेश कमिटिका सदस्य, जिल्ला सदस्य, पालिका कमिटिका सदस्य, पालिकाका निर्वाचित पदाधिकारी, वडा कमिटि, जनसंगठन र जनवर्गिय संगठनका सदस्य तथा पदाधिकारीलाई अभिमुखीकरणमा राखिनेछ । सोही प्रकृतिको कार्यक्रम फागुन १७ गते बुर्तिवाङमा पनि आयोजना गरिएको हो ।
त्यस बाहेक एमालेले फागुन १८ गतेदेखि २१ गतेसम्म पालिका स्तरमा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । त्यसका लागि केन्द्रीय सदस्य, जिल्ला र प्रदेश समितिका पदाधिकारी समेत परिचालित हुनेछन् । त्यसपछि वडा स्तरमा पनि कार्यक्रम गर्न एक महिनाको समय छुट्टाइएको छ । चैत मसान्त सम्ममा एमालेले सबै वडा तहसम्म पुगेर १० हजार ९ सय ८१ जना सदस्य पु¥याउने लक्ष्य राखेको हो । हाल एमालेको जिल्ला तहमा ५ हजार १ सय संगठित सदस्य छन् । चैत मसान्त सम्ममा ५ हजार ८ सय ८१ सदस्य पार्टीका लक्ष्य छ । ‘मतदाताको कम्तिमा ६ प्रतिशत कार्यकर्ता पु¥याउने लक्ष्य पार्टीको छ’ केसीले भने, ‘त्यो अभियानका लागि अभिमुखीकरण र संगठन बिस्तार अभियान बनाएका हौं ।’ उनले ६८ वडामा अधिवेसन सम्पन्न भएको र १७ वडामा अधिवेसन चैतसम्ममा सक्ने उनले बताए ।
एमालेले अभियान संचालनका लागि निर्वाचन क्षेत्रीय समन्वय कमिटिको संयोजक पनि तोकेको छ । संघिय क्षेत्र नं. १ मा उपसचिव धनबहादुर परियार, क्षेत्र नं. २ मा उपसचिव करमती पुन, प्रदेशतर्फ १ को क मा चन्द्रमणी उपाध्याय, ख मा बद्री ढुंगाना, क्षेत्र नं. २ को क मा डम्बर श्रीष र ख मा रुद्र पौडेललाई जिम्मेवारी दिएको छ ।
बैठकले १० जना जिल्ला समितिमा मनोनित गर्ने निर्णय पनि गरेको छ । मनोनित हुनेमा जैमिनी ३ का बेदबहादुर छन्त्याल, बडिगाड ८ का यामबादुर थापा श्रीष, बानपा २ का दयाराम पौडेल, निसीखोला ३ का जुनबिक्रम शाही, बानपा ५ का हरिप्रसाद शर्मा, बानपा २ का सन्दिप खड्का, ढोरपाटन ६ का उमेश बुढा मगर, बडिगाड ५ का बिष्णुप्रसाद अचार्य, ढोरपाटन १ का रामप्रसाद आचार्य र ताराखोला ३ का मनबहादुर लामिछाने रहेका छन् ।े
त्यसबाहेक एमालेले समसामयिक राजनीति, सहकरी क्षेत्रमा बढेको विकृतिबारे पनि व्यापक छलफल भएको र कमजोरी गर्ने जो कोही कार्यकर्ता भएपनि कारवाहीको दायरामा लैजाने निर्णय भएको केसीले जानकारी दिए । हाल थुनामा रहेका इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई पार्टी सदस्यबाट निलम्बन गरिएको समेत उनले जानकारी दिए । पत्रकार सम्मेलनमा पार्टी उपाध्यक्ष बिष्णुप्रसाद भुषाल, सचिव गणेश थापा र उपसचि धनबहादुर परियारपनि सहभागि थिए ।





