बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

म्याग्दीका तुल्सी पुन दक्षिण कोरियामा मृत फेला

म्याग्दीका तुल्सी पुन दक्षिण कोरियामा मृत फेला


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ११ २०८१, आइतबार

म्याग्दी/ म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर १ निस्कोटका २८ वर्षीय तुल्सी पुन मगर दक्षिण कोरियामा शनिवार मृत भेटिएका छन् । मोक्पो छल्लानाम्दो उल्सानस्थित छुकसान बङ्गुर फार्ममा कार्यरत पुन फार्मनजिकैको पुलमा झुण्डिएको अवस्थामा मृत फेला परेका पारिवारिक स्रोतले जनाएको छ ।

आत्महत्या वा हत्या भन्ने बारे यकिन भइसकेको छैन । मगरको मृत्युको घटनाबारे कोरियास्थित नेपाली राजदुतावास, एनआरएनए, एमटियु, मोना लगायत नेपालीले चासो राखेका छन् । उनीहरुले घटनाको गम्भीर अनुसन्धान गरी दोषीमाथि कारवाहीको माग उनीहरुको छ । फार्म मालिकको अत्याचार र दुर्वव्यवहारका कारण आत्महत्या गरेको पारिवारिक स्रोतले जनाएको छ । पुनका एक दाजु र एक बहिनी छन् । उनी गत असोजमा मात्र इपिएसमार्फत कोरिया गएका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->