पोखरा/ पाेखरा महानगरपालिका वडा नम्बर ३१ कार्यालयले किसानलाई सोमबार लहरे बालीको बीउ बितरण गरेको छ । वडाको कृषि संजालमार्फत वडा भित्रका किसानलाई बिउ उपलब्ध गराएको हो ।
कार्यक्रममा वडा नम्बर ३१ मा रहेका ४८ वटा आमा समुह, टोल बिकास संस्था र कृषि समुहलाई लहरे तरकारी बालीको बीउ हस्तान्तरण गरिएको कृषि संजाल पोखरा– ३१ का अध्यक्ष केशबराज तिवारीले बताए । उनका अनुसार न्यु नारायणी जातको घिरौला, भक्तपुरे लोकल कॉक्रो, पाली जातको करेला, डबल हार्भेष्टको तुने बोडी, प्रकासे बोडी, घ्यु सीमी, लौका, र चिफ्ले भिन्डी गरि १ लाख ५० हजार बराबरको बिउ बितरण गरिएको छ । ४८ वटा समुहलाई हस्तान्तरण गरिएको बिउ समुह मार्फत हरेक कृषकको घर–घरमा पुर्याईएको उहाँको भनाई थियो ।
बिउ हस्तान्तरण कार्यक्रमको शुभारम्भ गर्दै वडाध्यक्ष ढकनाथ कडेलले किसानको जीवनस्तर उकास्नको लागि र जीविकोपार्जनमा सहयोग पुर्याउने उदेश्यको साथ बीउ बितरण गरिएको बताए । बिउलाई सहि सदुपयोग गरेर आफूलाई खाने तरकारी उत्पादन गरि बाँकी भएको तरकारी बिक्री बितरण गरि आय आर्जन गर्न समेत उनले आग्रह गरे ।पोखरा महानगरपालिका ३१ कृषि संजालका अध्यक्ष केशबराज तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन वडा कार्यलयका सुचना अधिकारी माधबराज तिमिल्सिनाले गरेका थिए ।





