बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

शिव मन्दिर जाँदै गरेकाे भ्यान दुर्घटनामा चालककाे मृत्यु

शिव मन्दिर जाँदै गरेकाे भ्यान दुर्घटनामा चालककाे मृत्यु


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १४ २०८१, बुधबार

पाेखरा/ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को गुइठेभिरमा ‘इको भ्यान’ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अन्य तीन यात्रु घाइते भएका छन् ।

बेनी–जोमसोम–कोरला सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ को सुकेबगरदेखि नारच्याङतर्फ जादै गरेको बा ६ च ४९४४ नम्बरको भ्यान बुधवार सडकबाट कालीगण्डकी नदीमा खसेको सिमा प्रहरी चौकी भुरुङ तातोपानीले जनाएको छ । दुर्घटनामा भ्यानका चालक समेत रहेकी अन्नपूर्ण–४ घरापकी अन्दाजी ४० वर्षीया सुनदेवी गौचन (सरिता) को घटनास्थलमै मृत्यु भएको सिमा प्रहरी चौकी भुरुङ्ग तातोपानीका प्रमुख प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले बताए ।

उनले दुर्घटनामा सख्त घाइते रुपा पुन, नमिता चोचाङ्गी र बिष्णुकुमारी बुढाथोकीलाई उद्दार गरेर उपचारका लागि पोखरा अस्पतालमा पठाइएको बताए । नारच्याङमा रहेको शिव मन्दिर जाने यात्रु चढेको भ्यान सडकदेखि करिब एक सय ५० मिटर तल कालीगण्डकी नदी किनारमा खसेको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->