सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

आनन्द ज्योति माविको ५२ औं बार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न

आनन्द ज्योति माविको ५२ औं बार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १८ २०८१, आइतबार

पोखरा/ पोखरा– ३१ बेगनासमा अवस्थित श्री आनन्द ज्योति माध्यमिक बिद्यालयको ५२ औं बार्षिकोत्सब एवं अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ । शनिबार बिद्यालयले एक कार्यक्रमको आयोजना गरि ५२ औं बार्षिकोत्सब, अभिभावक दिवस एवं पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख अतिथी एवं पोखरा महानगरपालिका वडा नम्बर ३१ का वडाध्यक्ष ढकनाथ कडेलले पछिल्लो समय सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तर उकास्न राज्यले बिशेष पहल गरिरहेको बताउदै स्थानिय सरकारको प्रतिनिधिको तर्फबाट आफूले पनि काम गरिरहेको बताए । उनले शैक्षिक गुणस्तर उकास्न अभिभावकको भुमिका पनि महत्वपुर्ण हुने भन्दै विद्यालयप्रति चासो बढाईदिन अभिभावक र सरोकारवाला पक्षलाई आग्रह गरे । वडा सदस्य देबेन्द्रराज अधिकारीले राज्यको ठूलो लगानी रहेको सामुदायिक विद्यालयलाई बिश्वास गरेर अभिभावकले पनि आफ्ना बच्चाहरुलाई निजिमा भन्दा सामुदायिक विद्यालयमा पढाउन जोड गर्नुपर्ने बताए । कमिकमजोरी भए सुधार गर्न सबै लाग्ने हो भने निजीमा भन्दा पनि सामुदायिक विद्यालायमा गुणस्तरीय शिक्षा दिन सकिने उनको भनाई थियो ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तिर्थराज अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इलाभेन नेपालका प्रतिनिधि दाने मथर भू.पू. विद्यार्थी मञ्च आनन्द ज्योति मा.बि. का अध्यक्ष बिकासप्रसाद कडेल, विद्यालय ब्यवस्थापन समितिका सदस्य धुर्वराज अधिकारी, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्षहरु रुद्रनाथ अधिकारी र केदारनाथ अधिकारी, शिक्षा समिती पोखरा ३१ का सदस्य धुर्वराज अधिकारी लगायतले बोलेका थिए । कार्यक्रममा प्रधानाध्यापक शिबराज अधिकारीले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कक्षा ११ र १२ का संयोजक शिक्षक सत्यराज कडेलले स्वागत मन्तव्य र कार्यक्रमको संचालन शिक्षक वसन्त पहारीले गरेका थिए । कार्यक्रममा शिक्षकहरू शुक्रराज अधिकारी, पुस्पराज पौडेल, गङ्गाराम रानाभाट, कमला शर्मा रेग्मी र मुना तिवारीलाई उत्कृष्ट बर्ष शिक्षकको रुपमा सम्मान गरिएको थियो । चन्दा दाताहरु सुशील अधिकारी, रोशनराज तिवारी, बिकासप्रसाद कडेल, पुर्णदिप कडेल, सुबेदार कृष्णबहादुर गायक, बलराम अधिकारी, महेन्द्री अधिकारी, नवीन रेग्मी, प्रतीक्षा खत्री, सबिन तिवारी, सबिना बास्तोला, सुवास ढकाल र अन्जन नेपालीलाई पनि सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा नर्सरीदेखि कक्षा १२ सम्मका शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार बितरण गरिएको भने विभिन्न शिर्षकमा स्थापना भएको अक्षयकोषबाट विद्यार्थीहरुलाई छात्रवृति समेत प्रदान गरिएको विद्यालयले जनाएको छ । सो अवसर विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->