सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

प्रगतिशिल लेखक संघ बागलुङको अध्यक्षमा राना

प्रगतिशिल लेखक संघ बागलुङको अध्यक्षमा राना


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १८ २०८१, आइतबार

बागलुङ/प्रगतिशिल लेखक संघ बागलुङको अध्यक्षमा विजय राना सर्वसम्मत चयन भएका छन् । प्रलेस बागलुङको आइतबार सम्पन्न अधिवेशनले रानाको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
संघको उपाध्यक्षमा पूर्णपती कँडेल, सचिवमा विनोद प्रतिक, कोषाध्यक्षमा शर्मिला रोका र सह–सचिवमा सुरेश पुन चयन भएका छन् । समितिका सदस्यहरुमा खेमराज गौतम, केशवराज क्षेत्री, दिलीप प्रतेल र अनिस खाती चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष रानालाई निवर्तमान अध्यक्ष तारानाथ आचार्यले निर्णय पुस्तिका हस्तान्तरण गरेका थिए । वामपन्थी विचार बोक्ने लेखक तथा साहित्यकारहरुको साझा संस्था प्रलेसले वैचारिक गोष्ठी, सांगीतिक तथा साहित्यीक कार्यक्रमहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->