सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पूर्व राजा ज्ञानेन्द्र बुधबार बागलुङ आउने

पूर्व राजा ज्ञानेन्द्र बुधबार बागलुङ आउने


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १९ २०८१, सोमबार

बागलुङ/पूर्वराजा ज्ञानेन्द्र शाह फागुन २१ गते बुधबार बागलुङ आउने भएका छन् । शाहलाई स्वागत गर्न स्थानीयले ५ सय १ सदस्यीय नागरिक स्वागत मूल समारोह समिति गठन गरेका छन् ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा समितिबारे जानकारी गराइयो । विश्व हिन्दु महासंघ बागलुङका अध्यक्ष जब्बरबहादुर लामिछानेको नेतृत्वमा उक्त समिति गठन भएको हो । समितिले उपसमिति समेत गठन गरेको लामिछानेले जानकारी दिए ।
स्वागत कार्यक्रमका लागि केशव कार्कीको संयोजकत्वमा प्रचारप्रसार समिति, विवेक हमालको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति र गोविन्द पुनको संयोजकत्वमा स्वयंसेवक समिति गठन भएको हो । बुधबार पूर्व राजा ज्ञानेन्द्र पोखरादेखि गाडीमा बागलुङ कालीका आउने र पूजापछि म्याग्दीको गलेश्वर जाने कार्यक्रम तय भएको हो । समितिकै सल्लाहमा सुरक्षा निकायले मन्दिरसहित यात्रा रुटमा सुरक्षा व्यवस्थापन गराएको छ ।
यो भ्रमण धार्मिक र व्यक्तिगत भएपनि जनस्तरबाट स्वागत समिति बनाइएको लामिछानेले बताए । पूर्व राजालाई स्वागत गर्ने र समितिको तर्फबाट बिन्ती चढाउने तयारी समेत समितिले गरेको छ । पछिल्लो समय शाहको धार्मिक यात्राको रुपमा देशव्यापी भ्रमण भैरहेको छ भने नागरिक स्वागतको नाउँमा पनि सयौं मानिस उपस्थित भैरहेका छन् ।
फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवशको दिन शाहले दिएको शुभकामना मन्तव्य बिबादित समेत भएको थियो । शाहले राजनीतिक दलहरुको असफलताका कारण देशको अस्तित्व संकट परेको र आवस्यक परे नेतृत्व लिएर राष्ट्र सम्हाल्ने अभिव्यक्ति दिएका थिए ।
२०७८ सालमा पनि शाह धार्मिक भ्रमणको क्रममा बागलुङ कालीका मन्दिर आएका थिए । त्यतिबेला भने कालीका मन्दिरदेखि बागलुङ बजारसम्म नागरिक अभिनन्दन समारोह आयोजना गरिएको थियो । पूर्व पञ्च तथा राजावादीहरुले राजालाई सक्रिय हुन सुझाएका थिए । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी बागलुङका अध्यक्ष सुरेन्द्र खड्काले पूर्व राजाको भ्रमणलाई सफल बनाउन समिति गठन भएको जानकारी दिए । कार्यक्रम समितिका सदस्य सचिव दिपेन्द्र घिमिरेले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->