पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे पत्नीको उपचारका लागि भारत गएपछि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसीलाई कार्यबाहक मुख्यमन्त्रीको जिम्मा दिइएको छ । मुख्यमन्त्री पाण्डे आइतबार भारत गएका हुन् ।
मुख्यमन्त्री पाण्डे यसअघि असोज २० र साउन १३ गते पनि आफ्नो घुँडाको उपचारका लागि भारत गएका थिए । अहिले भने श्रीमतीको उपचारका लागि गएको र ४,५ दिनमा फर्किने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
मुख्यमन्त्रीपछि पहिलो वरियतामा रहेकी कारण जिसीलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको हो। एमालेको तर्फबाट सरकारमा सहभागी जिसी यसअघि पनि मुख्यमन्त्रीको अनुपस्थितिमा जिम्मेवारी सम्हालिसकेकी छन्।





