सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

भारतको पुडुचेरी विधान सभाका सभामुख नेतृत्वको टोली गण्डकी प्रदेश सभामा

भारतको पुडुचेरी विधान सभाका सभामुख नेतृत्वको टोली गण्डकी प्रदेश सभामा


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १९ २०८१, सोमबार

पोखरा/ भारतको पुडुचेरी प्रदेशबाट त्यहाँको बिधानसभाका सभामुख सेल्भाव रंगानाथान नेतृत्वको टोलीले सोमबार गण्डकी प्रदेश सभा भ्रमण गरेको छ । मैत्रीपूर्ण भ्रमणका अवसरमा दुवै सभाको अनुभव आदानप्रदान गरिएको थियो ।

गण्डकी प्रदेश सभामा आयोजित अन्तरक्रिया कार्यक्रममा पुडुचेरी विधान सभाका सभामुख सेल्भाम रंगानाथानले गण्डकी प्रदेशले गरेको स्वागत तथा सम्मानप्रति धन्यवाद दिदै पुडुचेरी विधानसभाको प्रत्यक्ष अवलोकनका लागि गण्डकी प्रदेश सभालाई निमन्त्रणा गरे । उनले गण्डकी प्रदेश अर्थात् नेपाल जस्तै पुडुचेरी प्रान्त पनि एउटा पर्यटकीय गन्तव्य रहेको सुनाए । जम्मा १६ लाख जनसंख्या रहेको पुडुेचरीमा ३३ जनामात्र सांसद रहेको उनले बताए ।

oplus_2

गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले आफुहरुको निमन्त्रणालाई स्वीकार गरी सभामुख नेतृत्वको टोली आएकोमा खुशी व्यक्त गरे । उनले पुडुचेरीको भ्रमणको प्रयास गर्ने जनाए । ‘नेपालमा संघीयताको प्रयोग गरिएको समय धेरै भएको छैन’, धितालले भने, ‘संघीयताको लामो अभ्यास गर्नुभएको तपाइहरुबाट धेरै कुरा सिक्नुपर्ने छ ।’ उनले पुडुचेरीसंग मिलेर गण्डकी प्रदेशको पर्यटन क्षेत्रको बिकासमा हातेमालो गर्न चाहेको धाराणा पनि राखे । गण्डकी प्रदेशकी उपसभामुख विनाकुमारी थापाले स्वागत गर्दै भ्रमणले दुई प्रदेशबीच मित्रवत् सम्बन्ध कायम हुने विश्वास व्यक्त गरिन् । साथै नेपाल र भारतबीचको सुमधुर सम्बन्धलाई अझै उचाईमा पुराउने भन्दै थापाले पोखरा पर्यटनको राजधानी भएको र गण्डकी ऐतिहासिक, धार्मिक, पर्यटकीय, प्राकृतिक, सांस्कृतिक हिसावले धनि रहेको बताइन् ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सचिवालयका अधिकृत टीकाराम आचार्यले गण्डकी प्रदेश सभाको स्थापना र हालसम्म गरेका गतिविधिबारे जानकारी गराएका थिए । उक्त अवसरमा प्रदेशको परिचय झल्कने भिडियो डकुमेन्ट्री पनि देखाइएको थियो । पुडुचेरी टोलीमा उक्त प्रान्तका मन्त्रीद्वय नामास्सीभायाम एरोउमोउगम र कन्नान लक्ष्मीनारायण, उपसभामुख राजाभेलु परुमल र पुदुचेरी विधानसभाका सचिव दयालन जम्बुलिंगम तथा अन्य १४ जना सांसद, कर्मचारीलगायत ३६ जना रहेका थिए ।  सभामुख धिताल, उपसभामुख थापालगायतले पाहुनाहरुलाई ढाकाटोपी र ढाका ओढाएर स्वागत गरेका थिए

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->